मैले पनि पिउन सुरु गरेँ

नन्दनप्रसाद सापकोटा

सुरहरूको सोमरस, असुरहरूको सुरा
मत्र्यलोकको दारु भनौँ या मदिरा,
भट्टीको जाँड भनौँ या रक्सी
मैले पनि पिउन सुरु गरेँ ।

नपिए साथीभाई टाढा हुने
पार्टी या भोज फिका हुने
पिए मर्द, नपिए नामर्द
म पनि के कम छु र !
मैले पनि पिउन सुरु गरेँ ।

खुसीको सर्काे होस् वा वेदनाको वह
यसैमा मस्त छन जानिफकार सब
जवानी जिन्दावाद, ककटेल जिन्दावाद
गिलासको टड्कारो आवाजसँगै
मैले पनि पिउन सुरु गरेँ ।

प्रतिक्रिया