सिक्किमको राजनीतिमा नेपाली नायिकाको नयाँ उचाई

sikkim ko rajnitiकाठमाडौं । लीलबहादुर क्षेत्रीद्वारा लिखित अत्यन्त चर्चित उपन्यास ‘बसाइँ’मा आधारित चलचित्र ‘बसाइँ’ निर्माण भएर प्रदर्शन भएको पनि एक दशक पुगिसकेको छ । यो एक दशकमा यस चलचित्रबाट नेपाली चलचित्रमा डेब्यु गरेकी नायिका रञ्जु लामिछानेको उचाइ पनि धेरैमाथि पुगिसकेको छ ।  त्यो उचाइ नायिका लामिछानेको नेपालमा नभइकन उनको गृहनगर भारत प्रवास सिक्किममा चुलिएको हो । सिक्किमको सत्तारूढ दल सिक्किम डेमोक्रेटिक फ्रन्टमा आवद्ध बनेर उनी त्यहाँको राजनीतिमा होम्मिएकी छन् । त्यहाँ हाल चेली मोर्चाको सचिव पदमा कार्यरत बनेर सिक्किमको राजनीतिमा छपक्कै छाएकी उनको सोच र चाहना त्यहाँको मुख्यमन्त्रीसम्म बन्नु हो ।  त्यसका लागि सिकिम्मेली राजनीतिमा फुलटाइमर बनेर काम गरिरहेकी उनी कुनैबेला नेपाली चलचित्र उद्योगमा त्यसरी नै फुलटाइमर थिइन् ।

sikkim ko rajniti 2

चलचित्र ‘बसाइँ’ बाट डेब्यु गरेपछि ‘को होला मेरो मायालु, आँधी–तुफान, साहारा, वर्षा आकाश गंगा, सडक छाप’लगायत दर्जनौँ चलचित्र तथा ‘तीतोसत्य’लगायत विभिन्न सिरियलहरूमा अभिनय गर्नमा भ्याइनभ्याइ बनेकी थिइन् । त्यसपछि क्रमिक रूपमा नेपाली चलचित्रबाट पलायन हुँदै सिक्किम फर्केर त्यहाँको राजनीतिमा लागेकी हुन् । सिक्किमको प्रान्तीय राजधानी गान्तोक नजिकको सिङताममा जन्मिएकी उनी पार्टीको सांस्कृतिक सचिवको रूपमासमेत सक्रिय रहेकी छन् । अभिनयको पर्याप्त अनुभव गरेयता राजनीतिको अनुभव लिनमा आफू अत्यन्त व्यस्त बनिरहेको पनि उनले भनेकी छन् ।

प्रतिक्रिया