३ दिनमा ‘पर्व’ को करोड ग्रस

namrata-kosis-and-malaकाठमाडौं । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘पर्व’ ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माण पक्षले बताएको छ । निर्माता सुवास गिरीले दिएको जानकारी अनुसार चलचित्रले ३ दिनमा करोड ग्रसको व्यापार गरेको हो । बलियो वर्ड अफ माउथका कारण चलचित्रले सोमबार बिहानैदेखि सुखद व्यापार गरिरहेको छ । सोमबार परेको सार्वजनिक बिदाका कारण चलचित्रलाई फाइदा मिलेको निर्माता सुवास गिरीले जानकारी दिए । निर्माता गिरीले भने– ‘शुक्रबार देशभरबाट चलचित्रले ३० लाखको कमाई गरेको थियो । शनिबार व्यापार ७० लाखको भएको छ । आइतबार देशभरबाट १४ लाखको मात्र व्यापार भयो ।’
उनले तीन दिनमा चलचित्रले एक करोड ग्रसको व्यापार गरेको जानकारी दिदै एक सातामा लगानी सुरक्षित हुने जानकारी दिए । दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्कीलगायतका कलाकारको अभिनय छ । निर्देशक दिनेश राउतले भने ‘वर्ड अफ माउथका कारण सोमबार पनि चलचित्रको व्यापार सुखद छ । दर्शकले चलचित्रलाइ मन पराइदिनुभएको छ । एउटा निर्देशकको नाताले मलाई खुशी लागेको छ ।’ शुक्रबार काठमाडौको क्यूएफएक्सले ७ वटा शो दिएकोमा सोमबार बढाएर ९ पु¥याएको छ ।

यस्तै, के एल टावरमा पनि एउटा शो थपिएको छ भने वीएसआर हलमा पनि एउटा शो थप गरिएको छ । काठमाडौ बाहिर सात वटा हल थपिएको निर्माण पक्षले जानकारी दिएको छ । सुवास गिरी र निकिता पौडेलले मिलेर बनाएको यो चलचित्रलाई सस्पेन्स थ्रिलर शैलीमा निर्देशकले प्रस्तुत गरेका छन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, चन्द्र पन्तको एक्सन, बनिष शाहको सम्पादन, कोशिश क्षेत्रीको संगीत छ ।

प्रतिक्रिया