रोनाल्डोमाथि ५ वर्ष जेल सजायको माग

download
मड्रिड । रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि कर छलेको आरोप लागेको छ । पोर्चुगिच स्टार रोनाल्डोले सन् २०११ देखि २०१४ सम्म करिब १५ मिलियन युरो कर छलेको स्पेनिस कर एजेन्सीले आरोप लगाएको छ । स्पेनिस न्यायाधीशले यसै वर्षको जुन भित्रमा कर एजेन्सीले बुझाएको प्रमाणको आधारमा रोनाल्डो दोषी रहेको वा नरहेकोले फैसला गर्नेछन् ।

रोनाल्डोले ३ वर्षको अवधिमा करिब ६ मिलियन युरो कर बुझाएका थिए । यद्यपि, कर एजेन्सीका अनुसार उनले थप १५ मिलियन युरो बराबर कर छलेका छन् । कर एजेन्सीले रोनाल्डोविरुद्ध कर छलीको मुद्दा हाल्दै कम्तिमा ५ वर्ष जेल सजायको माग गरेको छ । (एजेन्सी)

प्रतिक्रिया