निकै प्रतिस्पर्धात्मक बन्दै भरतपुर महानगरकाे मत परिणाम

renu-debi-1-e1495269553380भरतपुर, १२ जेठ । भरतपुरको महानगरपालिकाको पछिल्लो मत परिणाम निकै प्रतिस्पर्धा हुदै अगाडी बढिरहेको छ । एमालेका उम्मेद्वार देवि ज्ञवाली तथा कांग्रेस र माओवादी केन्द्र गठबन्धनका संयुक्त उम्मेद्वार रेणु दाहालबिच अन्त्य सम्म पनि प्रतिस्पर्धात्मक हुने देखिएको छ । तथापी स्थानिय स्रोत अनुसार कांग्रेसका गढ मानिएको क्षेत्र बाकीँ रहेकाले रेणुले जित्ने आंकलन गरिएको छ । तर एमालेका स्थानिय नेताले भने कांग्रेसको मत देविलाई नै पर्ने दाबी गर्दै आफ्नो उम्मेद्वारले जित्ने एमालेले जनाएको छ ।
मेयर
माओवादी केन्द्र- रेणु दाहालः ३२,२७९
एमाले-देवी ज्ञवालीः ३३,७३८
राप्रपा- बद्री तिमिल्सिनाः ५०५६

प्रतिक्रिया