स्पेशल तेक्वान्दो ग्रेडिङ सम्पन्न

special taekwondo grdaing sampanna

काठमाडौं । अनाथ र असाहय बालबालिका लक्षित गरी सुरु भएको तेक्वान्दो स्पेशल कोर्समा सहभागी खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ । शनिबार सातदोबाटोस्थीत नेपाल तेक्वान्दो संघको निर्माणाधिन बहुमुखी प्रशिक्षण हलमा कुल आठ संस्थाका खेलाडीको ग्रेडिङ सम्पन्न भएको हो । नेपाल तेक्वान्दो संघको आयोजनामा भएको पहिलो चरणको ग्रेडिङमा कुल २१८ खेलाडीले परिक्षामा सहभागीता जनाएका थिए । जसमा सेतोे देखि पहेँलोमा ९६,पहेँलो देखि पहेँलो–हरियोमा १५, हरियो देखि हरियो–निलोमा १५,हरियो–निलो देखि निलोमा२७,निलो देखि निलो–रातोमा २० र निलो–रातो देखि रातो पेटीमा ४५ खेलाडी ग्रेडिङ परिक्षा दिएको स्पेशल तेक्वान्दो प्रशिक्षणका संयोजक कुमार लामा घिसिङले बताए ।

उक्त कोर्ष अन्तर्गत रहेर विभिन्न प्रशिक्षकले १० महिनासम्म ती सस्थामा प्रशिक्षण गराउनेछ । कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास संसर राणाले आठ प्रशिक्षकहरु १० महिने नियुक्ती पत्र प्रदान गरे । दोस्रो चरण अन्तर्गतको ग्रेडिङ कास्कीमा बुधबार ग्रेडिङ हुने संयोजक लामाले बताए । कार्यक्रममा नेपाल तेक्वान्दोका संस्थापक दिपराज गुरुङले खेलाडीको उत्साह र मेहनतले एक दिन देशका लागि ठुलो सफलता दिलाउने विश्वास ब्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष राणा,ओलम्पियन दिपक विष्ट र कोरियाली प्रशिक्षक जो होङ लीले ग्रेडिङ सहभागी खेलाडीलाई र संस्थालाई प्रमाणपत्र प्रदान गरे ।

IMG_6955

‘लेट्स विल्ड दि फ्युचर विथ तेक्वान्दो’ भन्ने मुल नाराका साथ भएको उक्त तालिम दश महिनासम्म आठ अनाथ बालबालिका संरक्षित सस्थामा सञ्चालन भइरहेको छ । उक्त कार्यक्रमबाट कुल आठ संस्थाका करिब ३ सय बालबालिकाले तेक्वान्दो खेल खेल्न लाभ प्राप्त गर्नेछन् । उक्त अवधिभर खेलाडीलाई निशुल्क ग्रेडिङ र प्रतियोगितामा सहभागी गराइने संघले जनाएको छ । उक्त तालिममा सहभागी खेलाडीलाई खेलकुद सामाग्री प्रदान गर्ने संघले जनाएको छ । विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)को सहयोगमा विशेष प्रशिक्षणमा सहभागीमध्ये आठ संस्था काठमाडौ भित्रका छन् । एक पोखराबाट रहेको तेक्वान्दो विशेष प्रशिक्षण कार्यक्रमका संयोजक कुमार लामा घिसिङले बताए । यस कार्यक्रममा काठमाडौँको इसिडिसि,नयाँ नेपाल समाज, साग्रीला अर्फानिज होम,नेपाल आरधना समाज,लाइप भिजन, भक्तपुरको मुस्कान सेवा, नेपाल चिल्ड्रेन र्अफ्यान होम र असहाय बालकेन्द्र (पोखरा) लगायत आश्रमको सहभागिता रहेको संयोजक घिसिङले बताए ।

प्रतिक्रिया