टेनिस सुन्दरी सारापोवाले वाइल्ड पाइनन्

tenish sharapoba wild card denied

सेन्ट पिटर्सवर्ग । रुसी टेनिस सुन्दरी मारिया सारापोवाले फ्रेन्च ओपनमा टेनिसमा वाइल्ड कार्ड नपाउने भएकी छिन् । वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनमा आयोजकले सारापोवालाई वाइल्डका कार्ड नदिने जनाएको छ । यद्यपि, डब्लुटिएको महिला टेनिस कमिटीले भने सारापोवालाई वाइल्ड कार्ड नदिनु कुनै कारण नभएको जनाएको छ । डब्लुटिएले आयोजकको आलोचना गर्दै यस विषयलाई खेलाडीमाथिको अन्यायको संज्ञा दिएको छ ।  फ्रेन्च टेनिस फेडेरेसनले खेलको मापदण्ड रक्षाको लागि सारापोवालाई वाइल्ड कार्ड नदिइएको जनाएको छ । पूर्व नम्बर एक टेनिस स्टार सारापोवा डोपिङ आरोपमा १५ महिना प्रतिबन्धमा परेकी थिइन् । जसको कारण उनीको वरीयता पनि निकै तल झरेको छ ।

हाल उनी २ सय ११ औँ स्थानमा छन् । उनलाई विश्व वरीयता सुधार गर्न यो खेल निकै आवश्यक थियो । यद्यपि, उनी सहभागी हु नपाउने भएकी छन् । फ्रेन्च ओपन टेनिस आगामी मे २८ देखि सुरु हँुदैछ । जसमा डिफेन्डिङ च्याम्पियन सारापोवाका लागि भने पे्रmन्च मैदान उपलब्ध हुने छैन । आफूले गरेको गल्तीको सजाय सारापोवाले काटेर आइसकेकाले उनलाई वाइल्ड कार्ड दिनुपर्ने डब्लुटिएले जनाएको छ । सारापोवाले भने यो फैसलाले आफू निकै दुःखी भएको जनाएकी छन् । उनीले भनिन्, ‘मेरो लागि र प्रशंसकका लागि यो निकै दुःखलाग्दो क्षण हो । म निकै निराश छु ।

यद्यपि, मेरो जिम्मेवारी र लक्ष्य उच्च स्थानमा पुग्नेका लागि रक्षा गर्नु हो ।’ गत मंगलबार मात्र उनी रोममा भएको इटाली ओपन टेनिसको दोस्रो चरणको खेलमा भएको ठूलो चोटका कारण बाहिरिएकी थिइन् । फ्रेन्च ओपन खेल्ने आसामा पनि उनी दोस्रो चरणमा क्रोसियाकी मिर्जना लुसिक बारोनीसँग १–१ सेटको बराबरी तथा निर्णायक सेटमा २–१ को अग्रताको बावजुद खेल त्याग गरेकी थिइन् । वरीयता सुधार गर्न लागि उनलाई उक्त खेलमा सेमिफाइनलसम्मको यात्रा आवश्यक थियो ।

प्रतिक्रिया