महानगरपालिकामा यस्तो छ मतपरिणाम

काठमाडौं । उपत्यकाको एक महानगरपालिका ललितपुर महानगरपालिकाको मतगणना भने आइतबार रातिदेखि नै सुरु भइसकेको थियो । आइतबार बिहान साढे ५ बजेसम्मको नतिजा अनुसार ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन २१८ मतसहित अग्रस्थानमा छन् भने दोस्रोमा हरिकृष्ण व्यञ्जनकारको १८४ र तेस्रोमा माओवादी केन्द्रका दिनेश महर्जनको ८३ मत खसेको छ । महानगरपालिकाहरु काठमाडौं, पोखरा र भरतपुरको मतगणता सोमबार (आज) बिहानदेखि शुरु हुँदैछ ।

प्रतिक्रिया