मतदान सकिए लगत्तै मतगणना हुने

local-elections-new-resized

काठमाडौं, ३१ वैशाख । स्थानीय निर्वाचनको पहिलो चरण अन्तर्गत आइतबार भइरहेको निर्वाचनको मतगणना आइतबार साँझैदेखि सुरु हुने भएको छ ।    मतदान सकिए लगत्तै मत गणना सुरु गर्नुपर्ने दबाब आएपछि निर्वाचन आयोगले आइतबार बेलुकीदेखि नै मतगणना सुरु गर्ने तयारी थालेको छ ।

मत गणना केन्द्रमा मतपेटिका पुर्याइए लगत्तै मत गणना सुरु हुने आयोगले जनाएको छ ।सम्भव हुने गाउँपालिका र नगरपालिकाहरुको मत गणना आइतबारै बेलुकीदेखि हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।मतगणनाका लागि निर्वाचन आयोगले ११ बुँदे निर्देशन जारी गरेको छ । काठमाडौं महानगरपालिका लगायतका नगरपालिकाहरुले पनि आइतबारै बेलुकादेखि मतगणना गर्ने बताएको छ ।

nirwachanaayog-konirdeshan

प्रतिक्रिया