प्रज्ञा प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्रबार आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिवेदन प्रस्तुत गरेका हुन् । सोही अवसरमा प्रधानमन्त्री दाहालले प्रतिष्ठानका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । मुलुक संघीय संरचनामा अगाडि बढिरहेको सन्दर्भमा प्रतिष्ठानको पुनःसंरचनाबारे नीति, योजना, कार्यक्रम बनाएर अगाडि बढ्ने बताए । प्रधानमन्त्री सो प्रतिष्ठानका प्रमुख संरक्षक छन् । कुलपति उप्रेतीले प्रतिष्ठानका लागि अपुग बजेटको व्यवस्था गर्न आग्रह गरे ।

प्रतिक्रिया