पानी उद्योगमा पेट्रोल बम हानियो

काठमाडौं । शिवपुरी ड्रिङकिङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले सोमबार बिहान पेट्रोल बम प्रहार गरी क्षति पु¥याएको छ । कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँच जनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको जानकारी दिए । बम प्रहारबाट कम्पनीभित्र राखिएको बा ६ च ११७२ नंको कार पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नंको मोटरसाइकल पूर्ण क्षति भएको छ । त्यस्तै बा २६ प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । कांग्रेसका नेता महतले निर्वाचनका समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगाए । प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाएको छ ।

 

प्रतिक्रिया