भोट माग्न बालबालिकाको प्रयोग

photo chunab

काभ्रे । स्थानीय तहको चुनाव नजिकिएसँगै चुनावी चहल–पहलले सबै क्षेत्रमा व्यापकता पाइरहेको छ । यतिबेला काभ्रेको सबै ठाउँहरूको निर्वाचनमा सहभागी भएका दलहरूले आफ्नो पक्षमा जनमत पार्न विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेका छन् । मुख्य ठूला दलहरूले घरदैलो अभियान गरिरहेका छन् । भने साना दलहरूले टोल टोलमा सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । जिल्लाको १३ तहबाट सात सय १ जनप्रतिनिधि चयनको लागि दुई हजार सात सय ७२ ले उम्मेदवारी दिएका छन् । काभ्रेको तीन सय सात निर्वाचन केन्द्रमा तयारी तीव्र भइरहेको छ । केन्द्रहरूमा खटाउने मतदान अधिकृत र सहायकहरूलाई तालिम दिई तयारी गरिरहेको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेमा नेपाल प्रहरी एक हजार एक सय, म्यादी प्रहरी एक हजार ८६, सेना र सशस्त्र प्रहरीलाई तीन तहमा अति संवेदनशील र संवेदनशील गरी १२ जनाको टोलीमा बुथबाट छुटाएर खटाउने तयारी गरिरहेको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । यता दलहरूले निर्वाचन आयोगले तोकिएको आचारसंहिता लागु गरिएको भनिए पनि सो नियम उल्लंघन गरिरहेका छन् । यतिबेला गाउँ–गाउँमा भोजभतेर गर्ने, प्रचार– प्रसारमा बालबालिकाको प्रयोग गर्ने, अधिक सवारीसाधन प्रयोग गर्दै भोट माग्न जाने, निर्वाचन आयोगले तोकिएको आचारसंहितालाई काभ्रेमा दलहरूले मिच्दै भोट माग्नमा व्यस्त देखिन्छन् ।

chunab photo कसैले आचारसंहिताको उल्लंघन गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम कारवाही हुने भनिए पनि कुनै पनि दल र सम्बन्धित निकायको चासो जान नसक्दा चुनाव अवधिभर आचारसंहिता उल्लंघनको घटना ग्रामीण र सहरी इलाकाहरूमा बढ्ने संकेत देखिएको छ ।

प्रतिक्रिया