मोडलिङमा चर्चा कमाउँदै कला

kala raiकाठमाडौं । मोडलिङ सुरु गरेको केही महिनामा भित्र नै आधादर्जन म्युजिक भिडियो तथा चलचित्रमा समेत काम गर्ने अवसर पाउने भाग्यमानी मोडेल कला राई हुन् । उनको पहिलो चलचित्र ‘मुर्चुंगा’ को छायांकन सकिनासाथ अहिले धेरै चलचित्र तथा म्युजिक भिडियोबाट प्रस्ताव आउने गरेको छ । यसर्थ उनलाई भाग्यमानी मोडल तथा नायिकाको रूपमा पनि लिन सकिन्छ ।
दैनिक सयौँ युवायुवतीहरू चलचित्र तथा मोडलिङलाई आफ्नो पेसा बनाउन तथा आफ्नो सोख पूरा गर्न मोडलिङ पेसामा आबद्ध हँुदै गएका छन् । नेपालीहरूको राजधानी सहर काठमाडौं, सपनाको सहर जहाँ दैनिक हजाराँै मानिस आफ्नो सपना साकार पार्न मिहिनेत र परिश्रम गरेर अगाडि बढ्छन् । त्यसै सपनासँग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवायुवतीहरूको सर्वाधिक रोजाइमा परेको क्षेत्रमा उनी पनि राम्रै चर्चाको शिखरमा उक्लने कोसिसमा छन् ।
चलचित्र तथा मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडि बढ्दै गरेकी नवमोडल तथा नायिका कलाले अहिले आफ्नो लक्ष्यमा पुग्न दिनरात लागिपरेकी छन् । नृत्य र अभिनयमा पोख्त कला सुन्दर र आकर्षक पनि छन् । उनले मिहिनेतका साथ अभिनय कलालाई अझै निखारता ल्याउँदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहेको बताएकी छन् ।
सोलुखुम्बुको देउसामा जन्मेर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी कला सधँै हाँसिरहने शालीन स्वभावकी मोडल तथा नायिका कला हुन् । सानै उमेरदेखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने कला अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राखेकी छन् । ‘अब यसै क्षेत्रमा चलचित्र तथा मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउन कोसिसमा छु’, उनले भनिन् ।

प्रतिक्रिया