निधीको ‘अहम’

नेपालको राजनीतिक पद्धति र संस्कारलाई दीर्घकालीन रूपमा फरक पार्ने गतिविधि बढ्न थालेका छन्, एकपछि अर्को । नैतिकताको राजनीति तथा सत्तास“ग पारपाचुके भइसकेको अवस्था छ । खासगरी ०६३ को परिवर्तनपछि गठित एकपछि अर्को गठबन्धन सरकार या मन्त्रिपरिषद्मा सहभागी हरेक दलका आ–आफ्ना नेता पनि तोकिने व्यवस्थापछि प्रधानमन्त्री सिद्धान्तमा मन्त्रिपरिषद्को प्रमुख रहे पनि व्यवहारमा हरेक दलका आ–आफ्नै प्रमुख रहने परिपाटी बन्यो । मन्त्री प्रधानमन्त्री र मन्त्रिपरिषद्प्रति नभएर दलका नेताप्रति जिम्मेवार रहने व्यवहार स्थापित गरियो । ‘प्रधानमन्त्रीय पद्धति’ मा प्रधानमन्त्री अधिकारविहीन या बिचरा बनाइयो ।
एउटा विकृतिले अनेक विकृति जन्माउ“छ, जुन अहिले त्यो देखा परेको छ । निधिले अहिले मन्त्रिपरिषद बैठकमा नजाने र पद पनि नत्याग्ने घोषणा गरेका छन् । उनले यो कदमलाई बीपी कोइरालाले गृहमन्त्रीका रूपमा लिएको अडानस“ग तुलना मात्र गरेका छैनन्, त्यसलाई ‘समस्त कांग्रेसजन र लोकतन्त्रको लागि चालेको कदम’ को रूपमा प्रस्तुत गरेका छन् । मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भइरहने तर ‘सरकारको संवेदनशील जिम्मेवारी पूर्ण निष्ठा र लगानका साथ पूरा गरिरहेका दाबी पनि उनले गरेका छन् । व्यक्तिगत अहम्, व्यवहारमा पदलोलुपता र आदर्शप्रतिको दृढता एकसाथ अगाडि बढ्न सक्तैन । निधि अहिले ती परस्पर विरोधी प्रवृत्तिका द्वन्द्वमा थिचिएको एक निरिह राजनीतिज्ञ बनेका छन् । उनको अहिलेको शक्ति या बल भनेको विगत ११ वर्षको अभ्यासमा समाप्त पारिएको प्रधानमन्त्रीको हैसियत या लाचारी मात्र हो ।
प्रधानमन्त्री यदि निधिको बरियताबारे आश्वस्त छन् भने उनको दाबीलाई स्विकार्न सक्नुपर्छ । तर प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरिसकेको अवस्था भएकाले निधिले अर्को मर्यादित बाटो अपनाउनु उचित हुनेछ, ‘बहिर्गमन’ को । मन्त्रिपरिषद्को बैठक बहिष्कार गरेर मात्र बीपी कोइराला बन्न सकिन्छ भन्ने भ्रमबाट उनी मुक्त हुन आवश्यक छ । तेस्रो सत्ता गठबन्धनमा सामेल निधिको पार्टी कांग्रेसले पनि यो कुपरम्परा अर्थात् अहंबाट प्रेरित राजनीतिलाई प्रोत्साहित हैन दण्डित नगरेमा भोलि उसले थुप्रै यस्ता धम्की र ‘ब्लाकमेल’ को सिकार हुनुपर्नेछ ।

प्रतिक्रिया