एएफसी यु–१६ च्याम्पियनसिप छनोटको कठिन समुहमा नेपाल

काठमाडौं । नेपाल एएफसी यु–१६ च्याम्पियनसिप फुटबल छनोटको कठिन समुहमा परेको छ । नेपालको समुह डीमा भारत, प्यालेस्टाइन र साविक विजेता इराक छन् । मलेसियास्थित एसियाली फुटबल महासंघ (एएफसी)को कार्यलयमा शुक्रबार भएको ‘ड्र’अनुसार नेपाल कठिन समूहमा परेको हो ।
एसियाका ४५ राष्ट्रका किशोर टोलीले सहभागिता जनाउने छनोट चरणमा सहभागी टोलीलाइ १० समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता टोली र उत्कृष्ट ५ उपविजेताले प्रतियोगिताको अन्तिम चरणमा स्थान बनाउने छन् । नेपाल सम्मिलित समूह ‘डी’को छनोट खेलहरु आगामी सेप्टेम्बर १६ देखि २४ सम्म नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

प्रतिक्रिया