सुख्खा पहिरोमा परी २ जनाको मृत्यु

सुख्खा पहिरोमा पुरिएका टयाङकर र मिनिट्रक नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत घुमाउनेमा सोमबार बिहान खसेको सुख्खा पहिरोमा पुरिएका टयाङकर र मिनिट्रक । तस्बिरःनारायण अधिकारी, चितवन, रासस

सुख्खा पहिरोमा पुरिएका टयाङकर र मिनिट्रक
नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत घुमाउनेमा सोमबार बिहान खसेको सुख्खा पहिरोमा पुरिएका टयाङकर र मिनिट्रक । तस्बिरःनारायण अधिकारी, चितवन, रासस

चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा पहाडको ढिस्को खस्दा सोमबार बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सुख्खा पहिरोमा परी मृत्यु हुनेमा मोटरसाइकलमा सवार दुई जनामध्ये एक जना र ट्यांकरको सहचालक एकजना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृत्यु हुनेमा लम्जुङ सुन्दरबजार–३ भोटेओडार बस्ने ४५ वर्षीय रेशराज रानाको पहिचान खुलेको छ भने ट्यांकरका सहचालकको पहिचान नखुलेको जनाइएको छ ।
बा १० प ४८४४ नम्बरको मोटरसाइकलमा सवार रानाको घटनास्थलमै मृत्यु भएको हो । उनको मोटरसाइकल पछाडि बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै ना ४ ख ५४१९ नम्बरको ट्यांकरका सहचालकको भने अन्दाजी २८ र २९ वर्षको जस्तो देखिए पनि सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अर्का घाइते ट्यांकरका चालक पर्सा जिल्ला लछुमनवा–१८ बस्ने ३६ वर्षीय बन्नु पटेलको रहेको जनाइएको छ । घाइतेहरूको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । पहिरोले पाँच वटा सवारीसाधन पुरिएको छ । पहिरोले पुरिएको सवारीसाधनमध्ये दुईटा
सवारीसाधनको केही भाग मात्रै देखिएको छ । मालवाहक ट्रक, टाटा मोबाइल, कार र टयांकरसँगै केही मोटरसाइकल पनि पुरिएको प्रहरीले आशंका गरेको छ ।
यसैगरी पहिरोका कारण अवरुद्ध सडक सोमबार साँझैदेखि सञ्चालनमा आएको छ । पहिरोका कारण साढे सात घन्टादेखि अवरुद्ध सडक एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।

प्रतिक्रिया