‘कलिउड सिनेमा अवार्ड’ फेरि हुने

kollywood-cinema-awardकाठमाडौं, १९ असोज । नेपालमा विभिन्न नाममा अवार्ड गर्न अग्रसर देखिने चलचित्रकर्मी मनोज केसीले आफूले सुरु गरेर बीचमा रोकिएको अवार्ड फेरि आयोजना गर्ने भएका छन् । वि.सं ०५३ सालबाट वि.सं ०५८ सालसम्म मनोजले ‘कलिउड सिनेमा अवार्ड’ नाम दिएर चलचित्रसम्बन्धी अवार्ड सञ्चालन गरेका थिए ।

उनी नेपाल चलचित्र प्राविधिक संघसँग आबद्ध भएपछि यो अवार्ड रोकिएको थियो । यसपछि मनोजले ‘नेफ्टा फिल्म अवार्ड’ नाम दिएर संस्थाको प्रतिनिधित्व गर्दै अवार्ड आयोजनामा भूमिका खेले । ‘नेफ्टा अवार्ड’ उनकै कार्यकालमा ३ पटक विदेशमा पनि आयोजना भयो । प्राविधिक संघको नेतृत्व भूमिकाबाट बाहिर आएलगतै मनोजले यसै वर्ष दुबइमा ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ गरिसकेका छन् ।

मनोजले आफूले आयोजना गर्दै आएको ‘कलिउड सिनेमा अवार्ड’लाई निरन्तरता दिने बताए । अवार्डको तयारी सुरु भइसकेको उनको भनाइ छ । सन् ०१७ को जनवरीमा आयोजना हुने यो अवार्डको सातौं श्रृंखला पनि विदेशमै गरिने उनको भनाइ छ । यसका लागि चलचित्र दर्ता सुरु गरिएको मनोजले जानकारी दिएका छन् । मनोजका अनुसार सन् २०१६ मा रिलिज भएका चलचित्रले यो अवार्डमा भाग लिन पाउनेछन् ।

मनोजले भने ‘कलिउड अवार्डलाई जसरी सुरुवातको क्षणमा चलचित्रकर्मीले साथ दिनुभएको थियो, अब फेरि पनि उस्तै साथ मिल्नेछ भन्ने अपेक्षा गरेका छौ ।’

प्रतिक्रिया