सोतोकान मेन डोजो टिम च्याम्पियन

काठमाडौं । नेपाल सोतोकान कराते डो एसकेडियुएन मेन डोजो काठमाडांै उदयपुरमा सम्पन्न तेस्रो जिल्लास्तरीय खुला कराते तथा किक बक्सिङ प्रतियोगिता २०७२ मा टिम च्याम्पियन हुन सफल भएको छ ।

किरातीहरुको महान पर्व सकिला उभौली पर्वको उपलक्ष्यमा नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन) जिल्ला समिति, उदयपुर तथा ककनी मोडेल स्कुल, राजाबासको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ७ स्वर्ण पदकसहित मेन डोजो च्याम्पियन भएको हो । दोस्रो भएको नेपाल वादोरियो कराते डो संघ, सुन्दुज्को ३ स्वर्ण र तेस्रो भएको उदयपुर सोतोकान कराते डो संघ (एसकेडियुएन) २ स्वर्ण हात पा¥यो ।

एक दिने प्रतियोगितामा पुरुषतर्फ उदयपुर सोतोकान कराते डोका बेबिस पराजुली र महिलातर्फ वादोरियो करातेकी नमिता राई उत्कृष्ट खेलाडी घोषित भएको प्रमुख प्रशिक्षक गोविन्द श्रेष्ठले जानकारी गराए ।

उदयपुर जिल्ला सोतोकान करातेका अध्यक्ष सुमन कल्याण राईको सभापतित्वमा भएको प्रतियोगितामा विजयी खेलाडीहरुलाई प्रमुख अतिथि समाजसेवी बलदेव चौधरीज्यूले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरेका थिए । (सौस)

प्रतिक्रिया