नेटबल पुस्तकको विमोचन

काठमाडौं । नेपाल नेटबल संघले ‘ए कम्प्लिट नेटबल’ नामक पुस्तक प्रकाशित गरेको छ । युवा नेता गगन थापाले शनिबार एक कार्यक्रमबीच पुस्तकको विमोचन गरे । नेटबल संघका महासचिव एवं नेटबलका नेपाल निर्देशक दीपक लामाद्वारा लिखित पुस्तकमा नेटलबको आधारभूत नियम, इतिहास, पोषणसम्बन्धी जानकारीलगायत विषयवस्तु समावेश गरिएको छ । २ सय पृष्ठको पुस्तक अंग्रेजीमा भाषामा लेखिएको छ । (सौस)

प्रतिक्रिया