इयूका राजदूतसँग सोधपुछ

काठमाडौं, २३ चैत । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले काठमाडौंस्थिति यूरोपेली यूनियन (इयू) का राजदूतहरुसँग भेटेर हालै इयू र भारले जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा चासो व्यक्त गरेका छन् । जवाफमा इयूका राजदूतहरुले नेपालको संविधानका विषयमा आफूहरुको पहिलेदेखि सकारात्मक धारणा नै रहेको जवाफ दिए ।

इयू र भारतले हालै जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालको संविधानका विषयमा चर्चा गरिएको थियो । नेपालको आन्तरिक मामलालाई अनावश्यक मुछिएको भन्दै परराष्ट्र मन्त्रालयले यसमा आपत्ति जनाइसकेको छ ।

इयूका दूत रिन्छेटेरिन्कको नेतृत्वमा बेलायत, जर्मनी, फ्रान्सलगायत युरोपेली देशका राजदूतहरुले परराष्ट्रमन्त्री थापालाई भेटेका हुन् । यद्यपि यो नियमित भेटघाट भएको परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार मोहन श्रेष्ठले बताए ।

‘परराष्ट्रमन्त्रीले संयुक्त विज्ञप्तिका विषयमा चासो राख्दा उहाँहरूले नेपालको संविधानप्रति इयूको सकारात्मक धारणा यथावत रहेको जानकारी दिनुभएको छ,’ श्रेष्ठले भने ।

श्रेष्ठकाअनुसार यूरोपेली देशका राजदूतहरू परराष्ट्रमन्त्रीको बोलावटमा नभएर नियमित भेटघाटअन्तरगत आएका हुन् ।

प्रतिक्रिया