श्रीकृष्णको अन्तिम चलचित्र ‘इन्द्रावती’ प्रदर्शनमा

indrawatiकाठमाडौं, १९ चैत । शुक्रबारदेखि नेपाली सिनेमा घरहरूमा स्व.नायक श्रीकृष्ण श्रेष्ठ अभिनित अन्तिम चलचित्र ‘इन्द्रावती’ प्रदर्शनमा आएको छ । बद्री अधिकारीको निर्देशन रहेको यस चलचित्रमा विपना थापासँग श्रीकृष्णले अभिनय गरेकी छन् । साहित्यकार रमेश विकलको कृति ‘अबिरल बग्दछ इन्द्रावती’मा आधारित यस चलचित्रमा यसअघि निर्देशक अधिकारीले नै सिरियलसमेत बनाएका थिए ।

यसैगरी काठमाडौंका हलहरूमा शुक्रबार अन्य फिल्महरू समेत एकसाथ प्रदर्शनीमा आएका छन् । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जन्मभूमि’ तथा लामो समयबाट प्रदर्शनमा आउन नसकेको चलचित्र ‘लक्की–७’ प्रदर्शनमा आएको हो । पटकपटक रिलिज मिति तोकिएरसमेत रिलिज हुन नसकेका यी २ चलचित्र ‘जन्मभूमि’ तथा ‘लक्की–७’ अन्ततः बल्ल प्रदर्शनमा आएको छ ।

निर्देशक मोहन निरौलाको कथा तथा पटकथा रहेको यस चलचित्र ‘जन्मभूमि’को निर्माणमा निर्माता सुरज गिरी, कार्यकारी निर्माता लक्ष्मी शर्मा र सह–निर्माता रहेका छन् । चलचित्रमा विनोद श्रेष्ठ, अनु शाह, निश्मा घिमिरे, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने र मोहन निरौलाको सशक्त अभिनय हेर्न सकिनेछ ।

चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायांकन, शंकर विसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन एवं अष्ट महर्जनको द्वन्द्व जन्मभूमिमा रहेको छ । शुक्रबारबाट नै यसअघि रिलिज हुन् नसकेको सानो बजेटको भनिएको चलचित्र ‘लक्की–७’ समेत रिलिजमा आएको छ । अनाथ बालबालिकाको कथामा आधारित यो चलचित्रमा जयकिसन बस्नेत र स्वर्गीय नायिका जेशिका खड्काको अभिनय रहेको छ ।

प्रतिक्रिया