सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग–थ्री

dhan gadi cricket legue Santosh Bhatt ( Campus Road ) copyधनगढी, ८ चैत । सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग–थ्री क्वालिफायरअन्तर्गतको पहिलो खेलमा मंगलबार क्याम्पसरोड र सिवाइसी अत्तरिया प्रतिस्पर्धा गर्ने भएका छन् । लिग चरणमा १२ अंकका साथ पहिलो र ९ अंकका साथ दोस्रो भएको सिवाइसी अत्तरियाले क्वालिफायरको पहिलो भेट पक्का गरेका हुन् ।

सोमबार भएको लिग चरणको अन्तिम खेलमा सन्तोषी टोलमाथि ८१ रनको जित निकालेको हो । लिग चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रेको क्याम्पसरोडले निर्धारित २० ओभरमा १ सय ३६ रन बनायो । क्याम्पसरोडका लागि सन्तोष भट्टले अभिजित ६२ रनको पारी खेले । विष्फोटक ब्याटिङ गरेका उनले ३२ बलको सामना गर्दै ८ चौका र २ छक्काको मद्दतले टिममा सबैभन्दा उच्च स्कोर बनाएका हुन् । त्यस्तै सरोज ऐरले २३ तथा रोमन बमले १५ रनको इनिङ खेले ।

बलिङमा सन्तोषी टोलका अमन भण्डारीले ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर १ विकेट लिए । त्यस्तै भोजराज भट्ट र महेश अधिकारीले पनि समान १–१ विकेट पाए । जवाफी ब्याटिङमा सन्तोषी टोलले पुरै विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो । सन्तोषी टोलका लागि महेश अधिकारीले २१ तथा विजय रानाले १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा अन्तिम खेलमा सन्तोषी टोलले हार बेहोर्नुप¥यो । क्याम्पसरोडका चन्द्र सावँदले ३ तथा सन्तोष भट्ट र आशिष बमले समान २ विकेट लिए । म्यान अफ द म्याच सन्तोष भट्टलाई सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग भाग ३ का संयोजक सौरभ ओझाले नगद ५ हजारसहित पुरुष्कृत गरे ।

प्रतिक्रिया