नविताको टेटेको विश्व वरियतामा लामो फड्को

tt ma nabita ko baduwa copyकाठमाडौ, ८ चैत । मलेसियाको क्वालालम्पुरमा सम्पन्न विश्व टिम टेबलटेनिस च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल नम्बर एक नविता श्रेष्ठले विश्व वरीयतमा सुधार गरेकी छन् ।

तेस्रो वरियताकी रविना महर्जन भने राम्रो प्रदर्शनका बाबुजुत वरीयतामा केही तल झरिन् । विश्व वरीयता ५ पटकसम्म राष्ट्रिय च्याम्पियन भएकी नविताले १ सय ४३ स्थान सुधार गरिन् । त्यस्तै तेस्रो वरीयताकी रविनाले पनि अन्तर्राष्ट्रिय टेबुलटेनिस महासंघद्वारा प्रकाशित विश्व वरीयतामा १ हजार १३ स्कोरका साथ ६ सय ८औँ स्थानमा झरिन् । उनि यसअघि ५३८औँ स्थानमा थिइन् । नविता भने १ हजार ३ सय ६६ अंकका साथ सुधार गर्दै ४४६औँ स्थानमा पुगिन् । पुरुषतर्फ १ हजार ९ स्कोरका साथ ५१८औँ स्थानमा पुरुषोत्तम बज्राचार्य रहेका छन् ।

प्रतिक्रिया