इंग्ल्यान्डको कीर्तिमानी जित

during the ICC World Twenty20 India 2016 Super 10s Group 1 match between South Africa and England at Wankhede Stadium on March 18, 2016 in Mumbai, India.

मुम्बइ, ६ चैत । जोए रुटको आक्रामक पारीसँगै इंग्ल्याण्डले टी २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध कीर्तिमानी जित हात पारेको छ । शुक्रबार राती मुम्बईमा भएको खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई दुई विकेटले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले इंग्ल्याण्ड सामू २३० रनको लक्ष्य राखेको थियो ।

इंग्ल्याण्डलले अन्तिम दुई बल बाँकी छँदा लक्ष्य पूरा ग¥यो । अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि एक रन आवश्यक भए पनि कोए एल्बटले पहिलो दुई बलमा दुई विकेट लिएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो । तथापि संघर्षपूर्ण जित हात पार्दै इंग्ल्यान्ड टी २० विश्वकपको सबैभन्दा बढी स्कोर पछ्याउँदै नयाँ कीर्तिमान कायम गर्न सफल भयो । टी २० अन्तर्राष्ट्रियमा भने यो दोस्रो ठूलो हो । यसअघि २०१५ जनवरीमा जोहनेसबर्गमा दक्षिण अफ्रिकाले २३१ रनको लक्ष्य पछ्याउने क्रममा २३६ रन बनाएको थियो । इंग्ल्याण्डका लागि विजयी पारी खेलेका जोए रुटले ८३ रन बनाए । टेष्ट क्रिकेटका नम्बर एक खेलाडी रुटले सुरुवाती १६ बलमै तीन छक्का र पाँच चौकासहित ४३ रन बनाएका थिए ।

यसअघि दक्षिण अफ्रिकाको पारीमा क्विन्टन डिकोक, हासिम अमला र जेपी डुमिनीले अर्धशतक बनाए । अमलाले ५८, डुमिनीले ५४ र डिकोकले ५२ रन बनाएपछि दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर २२९ रन बनाएको थियो अमलाले ३१ बलमा ५८ तथा क्वीन्टक डीकोकले २४ बलमा ५२ रनको पारी खेले । यी दुईले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । जीयान पल डुमुनीले २८ बलमा ५४ तथा डेविड मिलरले १२ बलमा २८ रन प्रहार गरे । दक्षिण अफ्रिकाको हारमा चर्चित बलर डेल स्टेयनको खराब बलिङ प्रमुख कारण बन्यो । उनले दुई ओभरमा ३५ रन खर्चे पनि कुनै विकेट लिन सकेनन् । २.२ ओभरमा इंग्ल्यान्डले ४८ रनको साझेदारी गरिसकेको थियो । इंग्ल्यान्डले पहिलो विकेटको रुपमा एलेक्स हेल्सलाई १७ रनमा गुमाएको थियो । जेसन रोयले २१ बलमा ४३ रन प्रहार गरे । कायल एबोटले यी दुवैलाई आउट गरेका थिए ।

बेन स्टोक्स र रुटको महत्वपूर्ण विकेट लिएका कागीसो राबाडा पनि त्यत्तिकै महँगो साबित भए । राबाडाले चार ओभरमा ५० रन खर्चे । त्यसो त क्रिस मोरिसले तीन ओभरमा ३९ रन खर्चे । दक्षिण अफ्रिकी बलर इम्रान ताहिर मात्र किफायती देखिए । उनले चार ओभरमा २८ रन खर्चिदै एक विकेट लिए । पहिलो खेलमा भने इंग्ल्यान्ड वेस्टइण्डिजसँग पराजित भएको थियो । प्रतियोगितामा दक्षिण अफ्रिकाको भविष्य वेस्टइण्डिजसँगको खेलमा निर्भर रहने भएको छ । १० टोलीमध्ये दुई समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन् ।

प्रतिक्रिया