म्यानचेस्टरलाई निराश पार्दै लिभरपुल क्वाटरफाइनलमा

Liverpool’s Philippe Coutinho, center, celebrates after scoring his side’s first goal during the Europa League round of 16, second leg, soccer match between  Manchester United and Liverpool at Old Trafford Stadium in Manchester, England, Thursday March 17, 2016. (AP Photo/Jon Super)

लन्डन, ५ चैत । लिभरपुल युरोपा लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टर युनाइटेडसँग दोस्रो लेगको खेलमा बराबरी गर्दै लिभरपुल क्वाटरफाइनलमा प्रवेश ग¥यो । प्री–क्वाटरफाइनलअन्तर्गत बिहीबार राती भएको दोस्रो लेगको खेलमा लिभरपुलले युनाइटेडलाई १–१ गोलको बराबरी रोकेको थियो । बराबरीपछि लिभरपुलले समग्रमा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हरायो । यसअघि पहिलो लेगको खेलमा लिभरपुल २–० ले विजयी
भएको थियो ।

यसअघि दोस्रो लेगको खेलमा म्यानचेस्टरले पहिलो हाफ नै गोल गर्दै खेल आफ्नो पक्षमा पार्ने तालमाल देखाएको थियो । वल्र्ड ट्राफोर्डमा भएको पहिलो हाफको ३२औँ मिनेटमा युनाइटेडले खेलमा अग्रता लियो । उसका लागि मार्टिनको पेनाल्टीमार्फत गोलगर्दै अग्रता दिलाएका थिए । उनको गोलले युनाइटेडको आश पलाएको थियो । घरेलु टोलीका लागि जसे लिनगार्ड र माटाले गोल गर्ने अवसर गुमाए । युनाइटेडका गोलकिपर डेभिड डी जियाले काउटिन्हाको प्रहार रोकेका थिए । ड्यानिअल स्टर्डिजको फ्रि–किक बारमा लाग्दा हेन्डरसनले गोल गर्ने राम्रो मौका खेर फालेका थिए । तर, पहिलो हाफको अन्तिममा लिभरपुलले युनाइटेडलाई निराश पार्दै गोल ग¥यो । उसका लागि काउटिन्होले उत्कृष्ट गोल गरे । दोस्रो हाफमा घरेलु टोलीले खासै खेल्न सकेन । थप गोल नभएपछि दोस्रो लेगको खेल १–१ को बराबरीमा सकिएको हो ।

तर, आर्सनल र युनाइटेडको खेलका कारण मैदान बाहिर तनावको स्थिति सिर्जना भयो । खेलका क्रममा समर्थकहरूले फ्लेयर्स जलाउनका साथै झगडा गरे । युनाइटेड र लिभरपुलका समर्थकले मुक्का हानाहानसमेत गरेका थिए । समर्थकहरूको अराजक गतिविधिका कारण युनाइटेड र लिभरपुललाई युइएफले कारबाही गर्ने सम्भावना देखिएको छ । ती समर्थकलाई प्रहरीले नै छुट्याउनु परेको थियो । सुरक्षाकर्मीले झगडा गर्ने ३ फुटबल समर्थकलाई पक्राउ गरिएको जनाएको छ ।

अर्को इंग्लिस क्लब टोटनह्याम हट्सपर भने जर्मनीको बोरुसिया डर्टमन्डसँग पराजित भएको छ । पहिलो लेगको खेल ३–० ले हारेको टोटनह्यामले गएराती भएको दोस्रो लेगको खेल २–१ ले गुमाएपछि प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतिक्रिया