‘चिनियाँ कार्ड’ खेलिँदैन : प्रधानमन्त्री

k|wfgdGqLåf/f rLg e|d0faf/] ;ldltdf hfgsf/L k|wfgdGqL s]kL zdf{ cf]nLn]] z'qmaf/ Joj:yflksf ;+;bsf] cGt/f{li6«o ;DaGw tyf >d ;ldltsf] a}7snfO{ kmfu'g & ut]b]lv x'g] cfkmgf] rLg e|d0faf/] hfgsf/L lbg'x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर दुवै ठूला छिमेकीबाट लाभ चाहाने तर कुनै राष्ट्रविरुद्ध अर्को राष्ट्रलाई कार्डका रूपमा प्रयोग गर्न नचाहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकलाई ७ चैतदेखि हुने आफ्नो चीन भ्रमणबारे जानकारी दिने क्रममा सो कुरा बताएका हुन् । भारत भ्रमणपछि हुन लागेको मित्रराष्ट्र चीनको भ्रमणबाट नेपाल—चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने र नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध अझ मजबुत हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले मागेर विकास हुने होइन भन्दै हाम्रा उत्पादनहरू निर्यात गर्नु र पूर्वाधारको विकास गर्नुमा नै देशहित आधारित हुने प्रष्ट पारे ।
उनले चीन भ्रमणक्रममा चीनका राष्ट्रपति, प्रधानमन्त्री तथा चिनियाँ जनकांग्रेसका प्रमुख, चीनको व्यापारिक समुदायलगायतसँग भेटवार्ता हुने पनि जानकारी दिए । आफूले बोआओ सम्मेलनमा भाग लिने पनि प्रधानमन्त्रीले जानकारी दिए ।

आफू सम्पूर्ण नेपाली जनताको प्रतिनिधि भएको तथा आफूबाट देशलाई हानी हुने कुरामा कुनै सम्झौता नहुने कुरामा उनले आश्वस्त पारेका थिए । प्रधानमन्त्रीले यस भ्रमणबाट राजनीतिक, आर्थिक तथा अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले नेपाल नयाँ चरणमा प्रवेश गर्ने पनि बताए ।

भ्रमणका क्रममा रसुवागढी नाकाको विकास गर्ने, तातोपानी नाका सुचारु गर्ने, किमाथांका नाकासम्म सडक २ लेनको र सबै मौसममा चालु गर्न सकिने गरी विकास गर्ने कुरा छलफल हुनेछ । सीमापार प्रसारण लाइन विस्तार गर्ने, रसुवागढी—काठमाडौं तथा काठमाडौंबाट पोखरा तथा लुम्बिनीसम्म पनि रेलमार्ग निर्माण, माथिल्लो अरुण ४ सय ३४ मेगावाट निर्माण, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, चक्रपथको दोस्रो चरणको काम, मोनोपोल निर्माण आदि कुरालाई उठाइने र केहीमा सम्झौता हुनुका साथै केहीमा अध्ययनका लागि समझदारी हुनसक्ने उनले बताए । उनले नेपाल–चीनबीच पारवहन तथा व्यापारको स्वरूपबारे अध्ययन गरेर सम्झौतामा पुग्ने गरी समझदारी हुने पनि बताएका छन् ।

समितिका सभापति प्रभु शाहको सभापतित्वमा भएको बैठकमा सांसदले भ्रमणमा इन्धन आयातसम्बन्धी सम्झौता महत्वपूर्ण हुने र सो छुट्नु नहुने, लिपुलेकबारे गृहकार्य गरेर कुरा उठाउनुपर्ने, कर्णाली आयोजनाबारे पनि कुरा उठाउनुपर्ने, तेल उत्खननको सम्भाव्यता अध्ययन आदि छुट्नु नहुने कुरा राख्दै सुझाव दिन ढिलो हुने भए पनि भ्रमणबारे जानकारी दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिए । सुझाव दिने सांसदमा श्याम श्रेष्ठ, राजन भट्टराई, जीतेन्द्र देवलगायत थिए ।

प्रतिक्रिया