युवाबाटै देश निर्माण : प्रधानमन्त्री

KP_oli copyकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता जति शारीरिक र मानसिकरूपले संगठित, सवल र सक्रिय रहन्छन् त्यसैअनुरूप देशले विकास र समृद्धिमा सार्थकता पाउने बताएका छन् ।

राष्ट्रिय सेवा दलको ५०औँ वार्षिकोत्सव तथा सिनियर डिभिजन ११आँै समूहको दीक्षान्त कवाज समारोहलाई बुधबार सैनिक मुख्यालयमा सम्बोधन गर्दै उनले भने, ‘युवाको मनोविज्ञान, क्षमता अभिवृद्धिमा सेवा दलले पु¥याएको योगदानको प्रशंसा गर्दछु ।’

सक्षम, कर्मठ, दक्ष, निष्ठावान सक्रिय र संकल्पको भावनाले अभिप्रेरित अनुशासित युवा शक्तिबाट मात्रै राष्ट्र निर्माण सम्भव रहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्र सेवाको भावना, एकता, समर्पणको अभिव्यक्ति र अत्यन्त अनुशासित ढंगबाट सेवा दलका छात्रछात्राबाट प्रस्तुत मनोभावनाले सबैको मन जित्न सक्नुपर्ने बताए ।

काम, व्यवहार, वचन, सेवा, इमान, अनुशासन र देशभक्तिका दृष्टिले उदाहरणीय पात्रका रूपमा काम गर्न छात्रछात्रालाई निर्देशन दिँदै उनले भने, ‘यो अभियान एउटा अभ्यास मात्र नभएर यसले दक्ष जनशक्ति निर्माणमा आत्मबल बढाउन योगदान पु¥याउनेछ ।’

राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा. रमीन्द्र क्षत्रीले युवालाई अनुशासित, मर्यादित, संस्कारयुक्त, नेतृत्वदायी, एकताबद्ध, वफादार र देशभक्त तुल्याउने अभियानलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिँदै आएको जानकारी दिए ।

यस आवमा ३७ जिल्लाबाट २ हजार छात्रछात्रालाई तालिम प्रदान गरिने लक्ष्य रहेको सो अवसरमा जानकारी दिइयो । सेवा दलले खास गरी माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययनरत छात्रछात्रालाई लक्ष्य गरेर सो तालिम सञ्चालन गर्दै आएको छ । बुधबारको समारोहमा ३ सय ७७ जना छात्रछात्राले दीक्षान्त हासिल गरेका छन् ।

मुलुकभरबाट सो तालिमको अत्यधिक माग हुँदै आएको छ । आगामी २ वर्षभित्रमा वार्षिकरूपमा मुलुकका ७५ जिल्लाका ७ हजार ५ सय छात्रछात्रालाई यो तालिम प्रदान गर्ने लक्ष्य रहेको जनाइएको छ । करिब १ सय दिन अवधिको सो तालिमका उत्कृष्ट प्रशिक्षार्थीलाई समारोहमा प्रधानमन्त्री ओलीले पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए । दीक्षान्त कवाज प्रस्तुत गर्ने क्रममा प्रशिक्षार्थीले नेपाली विविधतायुक्त भेषभूषा झल्कने नृत्य र गीतसंगीत प्रस्तुत गरेका थिए । सो अवसरमा समूहगत रूपमा कवाजका प्रस्तुतका साथै रोमाञ्चकारी जोखिमपूर्ण खेलसमेत प्रस्तुत गरियो । समारोहमा रक्षामन्त्री भीमबहादुर रावल, सचिव जयमुकुन्द खनाल सहभागी थिए ।

प्रतिक्रिया