नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल हुने

काठमाडौं । तेस्रो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खुसीबुँस्थित नयाँ बजार सामाजिक युवा क्लबको आयोजनामा २४ देखि २७ चैतसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका चर्चित ८ टिमले सहभागिता जनाउने प्रतियोगिता सह–संयोजक एवं भलिबलका राष्ट्रिय रेफ्री विकाश गुरुङले जानकारी गराएका छन् ।

लिग कम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको गुरुङले जनाए । प्रतियोगितामा नेपाल पुलिस, एपिएफ, आर्मी, ढोरपाटन स्पोट्र्स क्लब, आँधीखोला स्पोर्टस् क्लब, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र, द बेस्ट हाउस रामेछाप र आयोजक नयाँ बजार सामाजिक युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् । विजयी टिमले  १ लाख २५ हजार, उपविजेताले ७० हजार, तेस्रोले ४० हजार र चौथोले २० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले आकर्षक ट्रफी र नगद ६ हजार प्राप्त गर्नेछ । विधागत उत्कृष्टमा स्पाइकर, ब्लकर, डिफेन्स, सेटर र सर्वरले जनही ४ हजारसहित आकर्षक ट्रफी जित्नेछन् । त्यस्तै उत्कृष्ट कोचले पनि ४ हजार नगद प्राप्त गर्ने सहसंयोजक गुरुङले जनाए । (सौस)

प्रतिक्रिया