कोजीले प्रशिक्षण सुरु गरे

काठमाडौं, २ चैत । नवनियुक्त जापानिज प्रशिक्षक कोजीले मगंलबारदेखि प्रारम्भिक छनोटका खेलाडीलाई प्रशिक्षण सुरु गरेका छन् । प्रारम्भिक छनोटमा ४४ खेलाडी छनोट भए पनि खेलाडी घाइते र यात्राको समस्याका कारण ३५ खेलाडीको प्रशिक्षण सुरु गरे । अन्य खेलाडीले भने बुधबारबाट प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ ।

मलेसियाको यु–२२ उमेर समूहसँगको मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबलका लागि सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को कम्पलेक्समा राष्ट्रिय टोली छनोटका लागि प्रशिक्षण सुरु गरिएको हो । नेपालमा पहिलोपटक मंगलबारदेखि प्रशिक्षण सुरुगरेपश्चात् कोजीले सिमरालगायत फुटबल खेलको भ्रमणपश्चात् आपूmलाई नेपाली फुटबलका बारेमा बुझ्न मद्दत पुगेको बताए । सिमरा गोल्डकपको खेल प्रत्यक्ष हेरेका कोजीले केही नयाँ अनुहारलाई प्रारम्भिक छनोटमा समावेश गरेका छन् ।

उनले भने ‘नेपालमा केही उत्कृष्ट खेलाडी छन् जसले जापानमा पनि खेल्न सक्छन् । मलाई लाग्छ सबैभन्दा महत्वपूर्ण पक्ष डिफेन्स र अट्याक हो तर हामी सबै तिर सुधार गर्दै राम्रो टिम बनाउने प्रयास गर्छौं । हामी मलेसियाको टिमसँग २७ मार्चमा खेल्दैछौँ त्यसलै जित्नकै लागि हामीलाई छिटो राम्रो टोलीको आवश्यकता छ ।’

प्रतिक्रिया