ओमानलाई हराउँदै बंगलादेश सुपर टेनमा

Bangladesh's Mushfiqur Rahim, right, celebrates the wicket of Oman's Amir Ali, during the ICC World Twenty20 2016 cricket tournament at the Himachal Pradesh Cricket Association (HPCA) stadium in Dharamsala, India, Sunday, March 13, 2016. (AP Photo /Tsering Topgyal)

धर्मशाला, १ चैत । बंगलादेश भारतमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर टेनमा प्रवेश गरेको छ । ओमानलाई हराउँदै बगंलादेशले अन्तिम १० मा स्थान बनाएको हो । समूह ‘ए’अन्तर्गतको अन्तिम लिग खेलमा आइतबार बंगलादेशले ओमानलाई ५४ रनले हरायो । पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ८० रन बनायो । जवाफमा ओमान ब्याटिङमा उत्रदा २ पटकसम्म वर्षाका कारण खेल अवरुद्ध भयो । जसको कारण डर्कलुइस मेथडको आधारमा ओमानले १२ ओभरमा १ सय २० रनको चुनौति पायो । तर, उसले ९ विकेटको क्षतिमा ६५ रन मात्रै जोडेपछि हार बेहो¥यो ।

यसअघि बंगलादेशका लागि तमिम इकबालले सर्वाधिक १ सय ३ रनको शतकीय पारीको योगदान दिए । उनले ६३ बलमा आक्रमक ब्याटिङ गर्दै १० चौका र ५ छक्का प्रहार गरे । शबिर रहमान(४४), शकिब अल हसन अविजित(१७) र सौम्य सरकारले(१२)रन जोडे । ओमानको बलिङतर्फ एजे लाल्चेताले १ विकेट लिए । ओमानको लागि बिलाल खान मात्रै किफायती सावित भए । उनले ४ ओभर बलिङ गर्दै १६ रन मात्र खर्चे । जवाफमा ओमानले वर्षाको कारण १२ ओभरमा १ सय २० रनको नयाँ चुनौति पाएको थियो । तथापि ओमानले ९ विकेट गुमाएर ६५ रन मात्रै जोड्यो । पहिलो ओभरको दोस्रो बलमा नै विकेट गुमाएको ओमानको सुरुआत राम्रो हुन सकेन । उसका लागि जतिन्दर शिंह(२५) र एडनान एलियसले (१३) रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि नै अफगानिस्तानले समूह चरण पार गर्दै सुपर टेनको स्थान पक्का गरिसकेको छ । मगंलबारदेखि सुपर टेनका खेलहरू सुरु हुँदै छन् । पहिलो खेलमा आयोजक भारत र न्युजिल्यान्ड भिड्नेछन् ।

प्रतिक्रिया