ललितपुर राष्ट्रपति रनिङ शिल्ड पवनप्रकृतिलाई

Rastrapati running shield lalitpurललितपुर, १ चैत । ललितपुर जिल्लास्तरीय आठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोेगिता जितेपछि इमाडोलको पवन प्रकृति उमाविले रनिङ सिल्डलाई आफ्नो सम्पत्ति बनाएको छ । विद्यालयले लगातार ३ वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोेगितामा जितेपछि रनिङ सिल्ड आफ्नो बनायो ।

पवन प्रकृति विद्यालय भलिबल, ट्रिपलजम्प, हाइजम्प र कवड्डीको छात्रतर्फ र छात्रातर्फ प्रथम र ८ सय मिटर दौडमा छात्रातर्फ विजेता भएको थियो । साथै १ हजार ५ सय मिटर र ३ हजार मिटर छात्रतर्फ प्रथम भई कूल ३ सय ३४ अंकका साथ पवन प्रकृति स्कुलले रनिङ सिल्ड हात पा¥यो । दोस्रो भएको बज्र एकेडेमीको ९० अंक र तेस्रो भएको सुदेशा एकेडेमीले ६० अंक बनाए । प्रकृतिले नगद १५ हजार रुपैयाँ, रनिङ सिल्ड, पदक र प्रमाणपत्र हात पा¥यो । भलिबलतर्फ सो विद्यालयका मंगल स्याङतेन, कवड्डीमा सुजित बजगाइँ र सुस्मिता घिसिङले उत्कृष्ट खेलाडीको पुरस्कार पनि पाए । विजयी विद्यालय तथा खेलाडीहरूलाई पूर्वमन्त्री सिद्धिलाल सिंहले रनिङसिल्ड, ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरे ।

विजेता खेलाडी र एथलेटिक्सका प्रशिक्षकहरू भूवन घिमिरे, विष्णु राई, शक्ति चेमजोङ, भलिबल प्रशिक्षक मनोहर बस्नेत र कवड्डी प्रशिक्षक डिगेन्द्र राईलाई विद्यालयका प्रिन्सिपल उत्तरकुमार राई र अतिरिक्त क्रियाकलाप संयोजक महेश पुरीलगायतले बधाई दिएका थिए ।

प्रतिक्रिया