सकियो मतगणना : देउवालाई प्रष्ट बहुमत

sfo{stf{dfem ljhoL s]Gb|Lo ;b:ox? g]kfnL sfFu|];df gofF g]t[Tjsf nflu ePsf] lgjf{rgsf] v'Nnf s]Gb|Lo ;b:ox? ljhoL ePkl5 g]tf tyf sfo{qmtf{x?aLr v'l;ofnL dgfpFb}  . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, १ चैत । कांग्रेसमा १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सबै पदको मतगणना सकिएकोे छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य प्रदीप पराजुलीका अनुसार सम्पन्न प्रदेश केन्द्रीय सदस्यको मतगणनानुसार प्रदेश नं १ बाट गुरुराज घिमिरे १ हजार ३ सय ४० र भीष्मराज आङ्देम्बे १ हजार २ सय ८ मत ल्याई विजयी भएका छन् ।

प्रदेश नं २ बाट आनन्दप्रसाद ढुंगाना १ हजार ४ सय ६१ र रमेश रिजाल १ हजार ४ सय ५७ मतसहित विजयी भएका पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । प्रदेश नं ३ बाट नवीन्द्रराज जोशी १ हजार २ सय २५ र मोहनबहादुर बस्नेत १ हजार ६७ मत ल्याई विजयी भएका तथा प्रदेश नं ४ बाट गोविन्द भट्टराई १ हजार २ सय ९९ र सुरेन्द्रराज पाण्डे १ हजार २ सय ८६ मतसहित विजयी भएका छन् ।

प्रदेश नं ५ बाट दीपक गिरी १ हजार ४ सय ७२ र देवेन्द्रराज कँडेल १ हजार ३ सय ४७ मत, प्रदेश नं ६ बाट हृदयराम थानी १ हजार ६ सय १२ र जीवनबहादुर शाही १ हजार ५२ तथा प्रदेश नं ७ बाट दिलेन्द्रप्रसाद बडू १ हजार ६ सय २ र वीरबहादुर बलायर १ हजार ३ सय ८९ मतसहित केन्द्रीय सदस्यमा विजयी भएका समितिले जनाएको छ ।

कांग्रेस विधानमा प्रत्येक प्रदेशबाट २ जनाका दरले केन्द्रीय सदस्यको निर्वाचन हुने प्रावधान छ । ३ पदाधिकारी, २२ समावेशीको परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ भने २५ खुला केन्द्रीय सदस्यको मत परिणाम पनि सोमबार सार्वजनिक भएको छ । जसअनुसार डा. शेखर कोइराला, खुमबहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरूङ, प्रदीप गिरी, प्रदीप पौडेल, बालकृष्ण खाँड, धनराज गुरुङ रहेका छन् । त्यसैगरी खुलाबाट निर्वाचित अन्य सदस्यमा रमेश लेखक, पूर्णबहादुर खड्का, बिमलेन्द्र निधी, बलबहादुर केसी, महेश आचार्य, विश्वप्रकाश शर्मा, सुजाता कोइराला, रामशरण महत, एनपी साउद, शंकर भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, प्रकाशशरण महत, बद्री पाण्डे, नारायण खड्का र मिनेन्द्र रिजाल रहेका छन् ।

कांग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३ हजार १ सय ६१ मतमध्ये ३ हजार १ सय ४८ मत खसेको थियो । खुला २५ सदस्यका लागि ९० र ७ प्रदेशको १४ स्थानका लागि ६७ जनाले उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया