कोजीले ४४ फुटबलरलाई प्रारम्भिक प्रशिक्षणमा बोलाए

काठमाडौं, ३० फागुन । नवनियुक्त जापानिज मुख्य प्रशिक्षक ग्योटुकी कोजीले नेपाली राष्ट्रिय फुटबल टिमका लागि प्रशिक्षणमा बोलाएका छन् । कोजीले मलेसियासँगको खेलका लागि ४४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् । आगामी १४ चैतमा मलेसियासँगको मैत्रीपूर्ण फुटबलका लागि खेलाडी बोलाइएका हुन् । मलेसियाको यू–२२ को टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण मंगलबारबाट सुरु हुनेछ । प्रारम्भिक टोलीमा रहेका कुल ४४ जना मध्येबाट २३ खेलाडीको छनोट गरिनेछ । जसमध्ये अधिकांश साग विजेता खेलाडीहरू नै छन् । भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद साग र बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा सहभागी खेलाडी टोलीमा छन् । यस्तै बारामा भएको सिमरा गोल्डकपमा गरेको प्रदर्शनका आधारमा पनि केही खेलाडी छानिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

टोलीमा डिफेन्डर रबिन श्रेष्ठ, अनन्त तामाङ, विराज महर्जनलगायत छन् । त्यस्तै रोहित चन्द, अनन्त तामाङ र अञ्जन विष्ट विदेशमा छन् । बिमल घर्ती मगर चोटग्रस्त छन् । त्यसैले उनीहरू प्रशिक्षणमा उपस्थित हुने छैनन् । त्यसैगरी अन्य डिफेन्डरमा आदित्य चौधरी, जितेन्द्र कार्की, रञ्जित धिमाल, कमल श्रेष्ठ, मानबहादुर तामाङ, देवेन्द्र तामाङ, विजय धिमाल, अजित भण्डारी र दिनेश राजवंशी छन् । फरवार्डतर्फ भने अनील गुरुङ, नवयुग श्रेष्ठ, बिमल घर्ती मगर, रञ्जन विष्ट, सुमन लामा, कर्ण लिम्बू, विश्वास श्रेष्ठ र भरत खवास समावेश छन् ।

टोलीको मिडफिल्डर जगजीत श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, हेमन गुरुङ, बिक्रम लामा, योगेश गुरुङ, नवीन लामा, रोहित चन्द, जाङबु शेर्पा, प्रकाश बुढाथोकी, सुनील बल, तेज तामाङ, टंक बस्नेत, राजेन्द्र रावल, श्याम नेपाली, सुशील केसी, सुजल श्रेष्ठ, रुपेश केसी र शिव श्रेष्ठलाई बोलाइएको छ । त्यस्तै ५ गोलकिपरमा किरण लिम्बू, विकेश कुथु, अमृत चौधरी, एलन न्यौपाने र विशाल श्रेष्ठलाई प्रारम्भिक टोलीमा बोलाइएको छ ।

प्रतिक्रिया