स्यांजालाई हराउँदै पर्वत च्याम्पियन

parbat championपर्वत । पर्वतले म्याग्दी जिल्लाको सर्वाधिक पुरस्कार राशि भएको पश्चिमाञ्चस्तरीय अन्तर जिल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै पर्वतले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त ग¥यो । उपविजेता बनेको स्याङ्जाले ६६ हजार ६ सय ६६ रुपैयाँमा चित्त बुझायो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा पर्वतले पछिल्लो समय भलिबलमा बलियो देखिएको स्याङ्जालाई ३–२ को सेटमा स्तब्ध पारेको हो । स्याङ्जाले पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको थियो । तर, लक्ष्मण श्रेष्ठको कप्तानीमा मैदान ओर्लिएको पर्वतले दोस्रो सेट २५–१४ ले जित्दै खेललाई बराबरीमा ल्याए । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट स्याङ्जाले २५–२३ ले जित्दै खेललाई आफ्नो नियन्त्रणमा ल्याए । तर, बाँकी २ सेट पर्वतले आफ्नो पक्षमा पा¥यो । चौथो सेट २५–२० ले जितेको पर्वतले पाँचौँ तथा निर्णायक सेट १५–१० ले आफ्नो पक्षमा पार्दै म्याग्दी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको उपाधि जित्न सफल भयो ।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर महेन्द्र श्रेष्ठ र उत्कृष्ट खेलाडी अर्जुन मल्ल, उत्कृष्ट ब्लकर स्याङजाकै महेश खड्का, उत्कृष्ट सेटर भरत थापा घोषित भए । विजेतालाई टोड्के क्षेत्र विकास कोषका अध्यक्ष मोहन खत्री, उपाध्यक्ष बाबुराम आचार्य, अफिसल संयोजक तेजेन्द्र बानियाँ, खेलकुद संयोजक खिमप्रसाद रोकाले नगद, प्रमाणपत्र, ट्रफीले सम्मान गरेका थिए । (सौस)

प्रतिक्रिया