खुल्ला केन्द्रीय सदस्यको मतगणना सकियो

Congress-flag_308312814 copyकाठमाडौं, १ चैत । कांग्रेसमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुल्ला केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न उक्त मतगणनाअनुसार खुल्ला २५ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकामध्ये डा शेखर कोइरालाले सबैभन्दा बढी मत ल्याई विजयी भएका छन् । उनले १ हजार ८ सय ४८ मत प्राप्त गरे । यसैगरी खुमबहादुर खड्का १ हजार ८ सय ४६, प्रकाशमान सिंह १ हजार ७ सय ९५, प्रदीप पौडेल १ हजार ७ सय ९, कुलबहादुर गुरुङ १ हजार ७ सय ७३, प्रदीप गिरी १ हजार ७ सय २५, धनराज गुरुङ १ हजार ६ सय ९७, बालकृष्ण खाँण १ हजार ७ सय ४, रमेश लेखक १ हजार ६ सय ८९, पूर्णबहादुर खड्का १ हजार ६ सय ८६, महेश आचार्य १ हजार ६ सय ६९, बलबहादुर केसी १ हजार ६ सय ७४, विमलेन्द्र निधि १ हजार ६ सय ८० र डा रामशरण महत १ हजार ६ सय ११ मतसहित केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

त्यस्तै, सुजाता कोइराला १ हजार ६ सय १९, विश्वप्रकाश शर्मा १ हजार ६ सय २०, शंकर भण्डारी १ हजार ५ सय ४७, एनपी साउद १ हजार ५ सय ४७, बद्री पाण्डे १ हजार ४ सय ८५, गोपालमान श्रेष्ठ १ हजार ४ सय ९९, ज्ञानेन्द्रबहादुर कार्की १ हजार ५ सय २, डा प्रकाशशरण महत १ हजार ४ सय ९१, डा नारायण खड्का १ हजार ४ सय ६४, चन्द्र भण्डारी १ हजार ४ सय ९२, डा मीनेन्द्र रिजाल १ हजार ४ सय २० मतसहित विजयी भएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुल ३ हजार १ सय ६१ मतमध्ये ३ हजार १ सय ४८ मत खसेको थियो । खुल्ला २५ सदस्यका लागि ९० जनाले उम्मेदवारी दिएका थिए ।
तीन पदाधिकारी र २१ समावेशी केन्द्रीय सदस्यको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया