दुर्घटनामा तीनजनाको मृत्यु

सप्तरी, २९ फागुन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कडरबोनामा शनिबार भएको दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना४ख १४३० नम्बरको ट्रकमा पूर्व–पश्चिमतर्फ जाँदै गरेको बा२२प ८५५७ नम्बरको मोटरसाइकल ट्रकमा ठोकिएर दुईजना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सुनसरी भादगाउँ सिनवार–८ घर भएका प्रहरी सुरज चौधरी र उदयपुर रामपुर ठोक्सिला–१ घर भएका प्रहरी सीताराम खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । दुर्घटनालगतै उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा बाटैमा उनीहरुको मृत्यु भएको बताइएको छ । मृतक दुबै प्रहरी इलाका प्रहरी कार्यालय लहानमा थप मद्दतका लागि जाने क्रममा ट्रकमा ठोकिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै हिजो साँझ पूर्व–पश्चिम राजमार्गको सप्तरीको भारदह-१ मा पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले अनटेस्ट मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार भारदह–१ का पप्पु माझीको मृत्यु भएको थियो ।

प्रतिक्रिया