आर्मी र पुलिस भिड्ने

Man of the match Manjeet Shrestha (NPC) copyकाठमाडौं, २१ फागुन । प्रथम रुस्लान टी–२० क्रिकेटमा शनिबार नेपाल आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीले न्यू होराइजनलाई हराउँदै फाइनलमा स्थान बनायो । होराइजनलाई आर्मीले ८ विकेटले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको होराइजनले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८४ रनको सामान्य योगफल तयार पा¥यो । जवाफमा ब्याटिङमा उत्रेको आर्मीले १४ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । त्रिभुवन विश्वविद्यालयको ग्राउन्डमा भएको खेलमा होराइजनका लागि निर्मल थापाले २०, सन्दीप सुनारले १८ र नुरध्वोज सेनले १५ रनको योगदान दिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आर्मीको बलिङतर्फ सागर पुनले ४ र चन्द्र साउदले ३ विकेट लिए । त्यस्तै विक्रम सोब र सोमपाल कामीले १–१ विकेट हात पारे ।

आर्मीका लागि सागर पुनले २६, नरेश बुढाएरले अविजित २०, विनोद भण्डारीले अविजित १८ र अनिल मण्डलले ११ रन बनाए ।

होराइजनको बलिङतर्फ देवेन्द्र सोमारे र राहुल प्रजापतिले १–१ विकेट लिए । दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई ५ विकेटले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन योगफल तयार ग¥यो ।

उसका लागि सुवास खकुरेले अर्धशतक प्रहार गर्दै ५४ रन बनाए । त्यस्तै प्रदीप ऐरीले २५ र ज्ञानेन्द्र मल्लले १६ रन बनाए । बलिङतर्फ पुलिसको लागि ललित भण्डारी, सुनील धमला, मञ्जित श्रेष्ठ, सुशील कँडेल र दीपेन्द्र ऐरीले १–१ विकेट लिए । जवाफमा पुलिसले १८ दशमलव ५ ओभरमा ५ विकेट क्षतीमा लक्ष्य पूरा ग¥यो । उसको जितमा शंकर रानाले ३६, अमित श्रेष्ठले ३४ र सुनील धमलाले १६ रनको योगदान गरे । एपिएफको बलिङमा शक्ति गौचनले सर्वाधिक ४ विकेट र वसन्त रेग्मीले १ विकेट लिए ।

प्रतिक्रिया