राष्ट्रिय महिला भलिबल सोमबारदेखि

women volleyball madan bhandari copyकाठमाडौं । मदन भण्डारी स्पोटर््स एकेडेमीले पहिलोपटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता गर्ने भएको छ । सोमबारदेखि हुने प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यु डायमन्ड एकेडेमीको ए र बी टिम, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पोखरा, सेन्ट डेभिस एकेडेमीले प्रतिस्पर्धा गर्ने आयोजक मदन भण्डारी स्पोटर््स एकेडेमीकोे अध्यक्ष बिनोद श्रेष्ठले बताए । प्रतियोगिता एकेडेमीले आप्mनो सातौँ स्थापना दिवसको अवसरमा गर्न लागेको हो । प्रतियोगिता अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रथम मदन पासाङ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्नेछ । लिगकम नकआउटमा हुने प्रतियोगिता २६ फागुनसम्म चल्नेछ ।

प्रतियोगिता न्यु डायमन्ड एकेडेमी स्कुलको मैदानमा हुनेछ । प्रतियोगितालाई प्राविधिक सहयोग न्यु डायमन्ड एकेडेमीले गरेको विद्यालयका पिन्सिपल कुमार राईले बताए । एकेडेमीका अध्यक्ष श्रेष्ठले खेलकुदमा सकारात्मक भएर सबैको सहयोग लिएर अगाडी बढने बताए । उनले भने, ‘ राष्ट्रिय स्तरको भलिबल पहिलोपल्ट गर्न लागेका छौँ । यसलाई निरन्तरता दिने लक्ष्य छ । त्यसपछि हामीले विद्यालय र स्कुलस्तरको राष्ट्रिय प्रतियोगिता गर्नेछौँ ।’ एकेडेमीले नेपालमा भलिबलको नयाँ प्रतियोगिता उत्पादनमा नेपाल भलिबल संघसँग सहकार्य गरेर अगाडि बढने अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । प्रतियोगितलाई सक्दो सहयोग गर्ने नेपाल भलिबल संघका उपाध्यक्ष मनोरञ्जन रमण शर्माले बताए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबले भाग लिने बताए पनि अन्तिममा प्राविधिक कारणले नखेल्ने निर्णय गरेको आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित मेडल र ट्रफी, दोस्रोले ३५ हजार, तेस्रोले २५ हजार र चौथोले १० हजार पुरस्कार पाउने आयोजकले बताएको छ ।

प्रतिक्रिया