अन्तर्राष्ट्रिय रेस्लिङ वैशाख पहिलो साता

international wrestling copyकाठमाडौं । वैशाख पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । हालै परिषद्मा रेस्लिङ महिला रेफ्री सुनिता लामाको नेतृत्वमा संघ दर्ता भए पछिको पहिलो खेलमा १३ देशका व्यावसायिक रेस्लरहरूले प्रतियोगितामा सहभागिता जनाउने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा नेपालका मि. कोजु, कोब्रा, र नुवाकोटे टाइगरले सहभागिता जनाउनेछन् भने हङकङका बिटम्यान, न्युजिल्यान्डका जेम्स राइदिम, जापानका कामिकाजे, बेलायतका सिन गुइनेस र सिंगापुरका दि युरासियन ड्राइगनले प्रतिस्पर्धा गर्नेछन् ।

४ वैशाखमा दशरथ रंगशालामा हुने प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय रहेता पनि नेपालमा यसको आधिकारिक संघ स्थापना गरी यस खेलको विकास  र विस्तार नभएको तथा नेपाली युवा तथा बालबालिकाले निकै नै रुचाएको खेललाई आधिकारीक रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी गराए ।

प्रतियोगिताको आकर्षणको रूपमा जापानी २ महिला रेस्लर नानाई ताकाहाशी र सारीले आफ्नो खेल कौशलतालाई उजागर गर्ने समेत विज्ञप्तीमा जनाइएको छ । नेपालको पहिलो महिला रेफ्री सुनिता थापा र जापानका योशिसुकी नाकामुराले सम्पूर्ण प्रतियोगिताहरूको निर्णायकको भूमिका निभाउनेछन् । (सौस)

प्रतिक्रिया