पाकिस्तानलाई स्तब्ध पार्दै बंगलादेश फाइनलमा

bangaladesh reached asia cup cricket final by baet pakistan copyमिरपुर । एसियाकप क्रिकेटमा आयोजक बंगलादेश फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानलाई हराउँदै बुधबार बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो । मिरपुरमा भएको खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै बंगलादेशले भारतसँगको यात्रा तय ग¥यो । पाकिस्तानले दिएको १ सय ३० रनको लक्ष्य बंगलादेशले १९ दशमलव १ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । बंगलादेशका सौम्य सरकारले ४८, महमुदुल्लाहले अविजित २२ तथा सब्बिर रहमानले १४ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद आमिरले २ विकेट लिए । मोहम्मद इर्फान, सोहिब मल्लिक र शाहिद अफ्रिदीले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २९ रन बनायो । उसका लागि सरफराज अहमदले अविजित ५८ तथा सोहिब मलिकले ४१ रन बनाएका थिए । अनवर अलीले १३ र सरजिल खानले १० रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशको बलिङतर्फ अल अमिन हुसैनले सर्वाधिक ३ र अरफत सन्नीले २ विकेट लिए । त्यस्तै तस्किन अहमद र मस्रफ मुर्तजाले १–१ विकेट हात पारे ।
४ खेलमा ३ मा जित र १ मा हार बेहोरेको बंगलादेशले उपाधिका लागि आइतबार भारतसँगै प्रतिस्पर्धा गर्नेछ । लगातार ३ खेल जितेको भारत एक खेल अगावै फाइनलमा पुगेको छ । (एजेन्सी)

प्रतिक्रिया