डिसीको जीवनभरको कमाइ ‘फूलै फूलको मौसम तिमीलाई’

phulai phulko copyकाठमाडौं, २० फागुन । सञ्चारको क्षेत्रमा लामो समयको संघर्षले स्थापित गरेको नाम हो निर्माता निर्देशक तथा कुशल कार्यक्रम सञ्चालक दिनेश डिसी । उसो त उनले के मात्र गर्दैनन् । मञ्चमा दर्शकलाई जुरुक्जुरुक् उठाउँछन् । रेडियोमा बोलेपछि रेडियो छोड्न मन नलाग्ने बनाउन सक्ने वाकशक्तिका धनी उनै डिसीको सर्वाधिक चर्चामा परिचर्चामा रहेको नेपाली कथानक चलचित्र ‘पूmलै पूmलको मौसम तिमीलाई’ शुक्रबार (आज) देखि रिलिज भएको छ ।

‘पूmलै पूmलको मौसम तिमीलाई’ पूmलकै मौसममा सुरुहुने भएको भन्दै निर्देशक डिसीले यो नै उपयुक्त समय भएको बताएका छन् । चलचित्रको बारेमा बजारमा आआफ्नै प्रतिक्रियाहरू आइरहेको बेला यो चलचित्र भरपुर मनोरञ्जात्मक रहेको निर्देशक तथा निर्माता डिसीले बताएका छन् । यसअघि सावधान, मायाज बार तथा ६ एकान ६ निर्देशन गरेका डिसीले यस फिल्मलाई आफ्नो जीन्दगीभरको कमाइका रूपमा रहेको बताए । उनको पछिल्लो निर्देशकीय फिल्म ‘६ एकान ६’ वक्सअफिसमा हिट भएको थियो ।

‘फूलैफूलको मौसम तिमीलाई’को कथा करिब ८–९ वर्ष पुरानो भएको बताउँदै उनले त्यो समयको भोगाइलाई कथावस्तुको रूपमा लिएको जानकारी दिएका छन् । उनले भने, ‘यसको कथा ८–९ वर्षअघि नै लेखिएको हो । त्यतिबेला मैले यो कथा निर्माताहरूलाई सुनाउँदा ‘दर्शक यति ‘एड्भान्स’ भइ नसकेका प्रतिक्रिया आएकाले फिल्म निर्माण गर्न ढिलो भएको हो ।’ उनले फिल्मको कथा र समयको आधारमा अझ निकै लामो समयसम्म चल्ने बताए ।

उनले आपूmसँग लगानी गर्नसक्ने वातावरण नभएको तथा तत्कालीन समयमा निर्माताले जोखिम मोल्न नचाहेपछि आपूmले त्यसबेला बाध्य भएर योजना थाँती राख्नुपरेको बताएका छन् । ‘जुन दिन मसँग यो फिल्म बनाउन पुग्ने पैसा हुन्छ, त्यै दिन मेरो सिर्जनालाई मेरो आफ्नै सपनाको क्यानभासमा उतार्छु । म मेरो सपनाको क्यानभासमा दर्शकको क्रिया–प्रतिक्रिया तथा आलोचना सुन्न र सच्याउँछु भन्ने लागेको थियो ।’ उनले भने, ‘मैले यो फिल्मलाई नेपाली परिवेशको ‘सुपरनेचुरल कथा’
भनेको छु ।’

उनले कथाको बारेमा आफ्नो अनुभव नै सुनाए ‘जब म जागिरको खोजीमा थिएँ, पत्रिकामा विज्ञापन हेर्थे । तर, पत्रिकामा महिलालाई प्राथमिकता, महिलालाई ग्यारेन्टीजस्ता कुरा देख्दा कतै महिला नै भएर जन्मनु पर्ने हो कि जस्तो लाग्थ्यो ।’ उनले थपे ‘यही कुरा चिर्नका लागि अर्थात् महिला र पुरुषबीचको विभेद चिर्न फिल्मको कथा बनाएको हुँ ।’ बच्चैदेखि अंग्रेजी फिल्म हेर्ने गरेका डिसीले बेलायती दूतावासको पालेसँग चिनजानको आधारमा धेरै अंग्रेजी फिल्म हेरको बताए । लगातार ६ वर्ष अंग्रेजी फिल्म हेर्ने वातावरण भने बेलायती दूतावासको पालेले जुराइदिएको भन्दै उनले सुनाए, ‘हरेक शुक्रबार शनिबार दूतावासमा फिल्म देखाइन्थ्यो पालेदाई सँगको चिनजानले पछाडीबाट छिरेर हलमा पुगेर फिल्म हेर्ने गर्थें ।’ यसले मलाई पूरा रोमान्टिक बनायो ।

उनको भनाइसँगै उनले आपूmले पूर्ण मनोञ्जनतर्फ मन गएको बताउँदै आपूmले आफ्नो चलचित्रले भरपुर मनोरञ्जन दिनसक्ने खालको रहेको बताए । ‘दिनेश ‘लार्जर देन लाइफ फिल्म’ बनाउँछ, जो सपना देख्छ र देखाउँछ । यो फिल्म त्यस्तै खाले दर्शकका लागि हो । जो पढेका छन्, जो भिजन राख्छन् ती दर्शक जो आफ्नो भिजन घरमा राखेर आउँछन् तिनका लागि पनि यो फिल्म पूर्ण मनोरञ्जनात्मक हुनेछ ।’ उनले भने ।

यो सँगै वास्तविकतामा आधारित यर्थातपरक चलचित्र निर्माणको समेत तयारी गरेका डिसीले ‘पूmलै पूmलको मौसम तिमीलाई’ पछि धादिङको तुइनमा झुन्डिने बालबालिकाको कथामा आधारित अर्को फिल्म निर्माणको तयारी रहेको बताए । उनले आगामी १५ मार्चबाट ‘ज्यामिरे’ नामक फिल्म सुरु गर्न लागेको भन्दै उनले भने, ‘मेरो फरक क्षमता पनि छ भन्ने कुरा ज्यामिरेले प्रमाणित गर्नेछ ।’

उनको चलचित्रसँगै बजारमा अर्का चलचित्र ड्रिम्स पनि प्रदर्शन हुने भएको छ । उनले यसका बारेमा छोटो प्रतिक्रिया दिँदै भने ‘प्रतिस्पर्धा स्वस्थ्य रहनु पर्छ ।’ व्यावसायमा लागेपछि अरूको कुरा सुन्न तथा आफ्नो कुरा पनि राख्न सक्नुपर्ने भएकाले धैर्यता राख्नुपर्ने बताएका छन् । चलचित्रमा नीता ढुंगाना र आमेश भण्डारीको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया