साविक विजेता विशाल दोस्रो चरणमा

annapurna badminton copyकाठमाडौं, १९ फागुन । साविक विजेता विशाल खड्का अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको एक्ज्युकेटिभभ एकलतर्फ तेस्रो चरण पुगेका छन् । प्रतियोगिताको दोस्रो दिन बुधबार कास्की फाइनान्सका विशालले नेपाल एयरलाइन्सका विक्रम महर्जनलाई २१–६, २१–९ को सोझो सेटमा पराजित गरे ।

अघिल्ला दुवै संस्करणमा विशालले यस स्पर्धामा उपाधि जितेका थिए । सिपी कलेजका हरि गोतामे, एस डेभलपमेन्टका सुनील श्रेष्ठ, केआरएस ट्रेडिङका रामकुमार बानिया, जुनतारा इनभेस्टमेन्टका उमेश केसी, बंगलामुखी क्रसरका राजुप्रसाद गुप्ता, आहान सेभिङका जयप्रसाद दाहाल, लक्ष्मी बैंकका जीवनप्रकाश लिम्बू, हिमाल रेफ्रीजेरेसनका विजेन्द्रलाल श्रेष्ठ, नेपाल इनभेस्टमेन्ट बैंकका सुरज लोहनी, ग्रिन डेभलपमेन्ट बैंकका विवेक जिसी, सुपर लामिकोटसका अभिषेक बोस, माउन्ट ट्राइबरका ग्याल्जेन शेर्पा, सेन्चुरी बैंकका दीपक खत्री, र हिमालयन डिस्ट्रिलरीका सुदेश पौडेल पनि आआफ्ना खेलमा जित हात पार्दै अघिल्लो चरणमा प्रवेश गरे ।

५ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा देशभरका विभिन्न कर्पोरेट हाउस र चर्चित राष्ट्रिय खेलाडीसहित करिब ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको हरेक स्पर्धाको विजेताले २४ क्यारेट सुनको स्वर्ण पदक पाउनेछन् ।

प्रतियोगितामा खुलातर्फ पुरुष एकल, महिला एकल र पुरुष युगल समावेश छन् । एक्ज्युकेटिभतर्फ पुरुष एकल र पुरुष युगल समावेश छ । कर्पोरेटमा कर्पोरेट युगल स्पर्धा समावेश गरिएको छ ।

प्रतिक्रिया