भ्याली पब्लिकको जित

काठमाडौं, १८ फागुन । भद्रकाली इंग्लिस स्कुलको आयोजनामा भएको प्रथम भद्रकाली अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार भ्याली पब्लिकको तीनै टिमले विजयी यात्रा कायम गरेको छ ।

छात्रातर्फ भ्याली पब्लिक ‘बी’ले पृथ्वीलाई २५–१३ र भ्याली पब्लिक एचएचसीएलाई ४९–१९ स्कोरले पराजित ग¥यो । भ्याली ‘ए’को जितमा लक्ष्मी चौधरीले १६ र सनिका अधिकारीले १० स्कोरको योगदान गरिन् । गल्र्सकै अन्य खेलमा एचएचसीले बाबा स्कुललाई २९–२२ ले हराउँदा सन्जु राईले १२ स्कोर गरिन् । गल्र्सकै अर्को खेलमा इनोभेटिभले भद्रकालीलाई २४–१५ ले हराउँदा नम्रता गुरुङले १२ स्कोर गरिन् । त्यस्तै जुनियरब्वाइजतर्फ भ्याली पब्लिकले नवजीवनलाई ३०–१० ले पराजित गर्दा भ्यालीका लागि सक्रिय अधिकारीले ११ स्कोर गरे । अर्कोतर्फ एचएचसीएले सेब स्कुललाई १३–११ स्कोरले पराजित गरेको प्राविधिक संयोजक पूर्ण न्यौपानेले जनाए । त्यस्तै २५ फागुनसम्म चल्ने प्रतियोगितामा छात्रतर्फ १२ टिम र छात्रातर्फ ९ गरी कुल २१ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया