प्रथम भद्रकाली बास्केटबल सोमबारदेखि

bhadrakali interschool basketball copyकाठमाडौं, १६ फागुन । भद्रकाली स्कुलको आयोजनामा प्रथम भद्रकाली अन्तरविद्यालय बास्केटबल हुने भएको छ । आगामी १७ फागुनदेखि अन्तर विद्यालय बास्केटबल प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका उपप्राचार्य कृष्ण कँुवरले बताए । गल्फुटारस्थित रहेको भद्रकाली इंग्लिस सेकेन्डरी स्कुलले विद्यालयको प्रांगणमा पत्रकार सम्मेलन गर्दै खेलक्षेत्रप्रति विद्यालयको जिम्मेवारी बहन गर्नका लागि प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

प्रतियोगितामा छात्रतर्फ १२ टिम र छात्रातर्फ ९ गरी कुल २१ टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने दुवै समूहको खेलाडीहरूले सिल्ड, मेडल, तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता २५ फागुनसम्म सञ्चालन हुनेछ । सो प्रतियोगोगितामा कुल लागत ३ लाख लाग्ने आयाजकले जनाएको छ । प्रतियोगितामा मस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक स्कोरर र बेस्ट थ्री पोइन्टरलाई पनि पुरस्कृत गर्ने डाइरेक्टर अच्युत केसीले बताए । बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेको प्राविधिक संयोजनमा हुने प्रतियोगिताबाट नवप्रतिभावान् खेलाडी उत्पादनमा सहयोग पुग्ने आयोजकले जनाएको छ । यसपटक विद्यालयले बास्केटबल प्रतियोगिता मात्र गरेता पनि आगामी वर्ष अन्य खेल पनि थप्ने लक्ष्य रहेको विद्यालयकी लेखाप्रमुख विन्दु अधिकारीले बताइन् ।

प्रतिक्रिया