बक्सिङ प्रशिक्षक कोर्षका लागि काजकिस्तान

boxing coach bidae copyकाठमाडौं । नेपाल बक्सिङ संघको पहलमा २ नेपाली प्रशिक्षक आइबा २ स्टार कोचेज प्रशिक्षण कोर्स गर्नका लागि काजकिस्तानको अल्माटी जाने भएका छन् । कोर्स गर्न जाने प्रशिक्षकहरूमा दिलिप ठकुरी र लालबहादुर पौडेल रहेका छन् । दुवै प्रशिक्षकलाई एक कार्यक्रमबीच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुभकामनासहित बिदाई गरे । कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठ, बक्सिङका प्रमुखप्रशिक्षक प्रचन्ड शर्माको उपस्थिति थियो । नेपाल बक्सिङ संघले नियमित रूपमा प्रशिक्षकको स्तरवृद्धि गराउने उद्देश्यले प्रशिक्षकहरूलाई प्रशिक्षण कोर्समा सहभागिता गराउँदै आइरहेको छ ।

प्रतिक्रिया