तरकारीको बिउ वितरण

काठमाडौं, १६ फागुन । बाढी, पहिरोबाट खाद्यान्न बालीमा ठूलो क्षति पु¥याएको भन्दै जिल्ला कृषि विकास कार्यालय इलामले किसानलाई मकै र तरकारीको बिउ वितरण गरेको छ ।

जिल्लाको शान्तिपुर, लक्ष्मीपुर, इलाम नगरपालिका र गोदक गाविसका १ हजार १ सय किसानलाई घरमै पुगेर बिउ वितरण गरेको हो । किसानलाई ८ टन मकै, बन्दागोभी, काउली, रायो, मूला, गाँजर, सिमी, करेला, काँक्रोलगायतका बीउ वितरण गरिएको प्राविधिक सहायक उद्धव पौडेलले बताए । कृषि विकास मन्त्रालयअन्तर्गत दीर्घकालीन कृषि विकास परियोजना तथा राहत कार्यक्रमबाट प्राप्त भएको १० लाख रुपैयाँ बजेटबाट बीउ वितरण गरेको हो ।

प्राकृतिक प्रकोपका कारण शान्तिपुर, गोदक, लक्ष्मीपुर, इलाम नगरपालिकालगायत क्षेत्रमा ८ करोड ३२ लाख बढीको क्षति भएको थियो । कार्यालयले १६ टन मकैको बिउ अनुदानमा वितरण गरेको छ । बृहत्तर मध्यपहाडी मकैको बिउ उत्पादन कार्यक्रमअन्तर्गत विभिन्न क्लस्टर र सहकारी संस्थालाई बिउ वितरण गरिएको हो ।

बिउ उत्पादनका लागि कार्यालयले फिक्कलस्थित सयपत्री सामुदायिक बिउ उत्पादन समूह, सुलुबुङस्थित पशुपालन तथा कृषि सहकारी संस्था, चुलाचुलीस्थित अन्नपूर्ण कृषि सहकारी संस्था, देउमाई नगरपालिकास्थित क्याबुङ कृषि सहकारी संस्था, चमैतास्थित कृषि तथा पशुपालन समूह र बरबोटेस्थित नौलो जागरण युवा किसान समूहलाई प्रतिहेक्टर २०÷२५ किलोका दरले बिउ वितरण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले बिउ उत्पादक समूह डडेल्धुरा, कृषि अनुसन्धान केन्द्र तरहरा पाख्रिबास, हमरजुङ किसान समूह तेह्रथुमलगायतका ठाउँबाट गणेश एक, मनकामना तीन, देउती, रामपुर कम्पोजिट जातको मकैको बीउ वितरण गरिरहेको छ ।

प्रतिक्रिया