खोजखबर

पतिले पठाएको सात लाख लिएर अर्कोसँग टाप

सौर्य अनलाइन २०७२ फागुन १७ गते १२:५२ मा प्रकाशित

कालीकोट, १७ फागुन । एक महिला पतिले विदेशमा कमाएको पैसासहित प्रहरीसँग भागेपछि पति बिचल्लीमा परेका छन् । रास्कोट क्षेत्रको स्युना–५ निवासी शान्ति तिरुवाले पति लल्ते तिरुवाले मलेसियाबाट विभिन्न समयमा कमाउँदै पठाएको रकम करिब ७ लाख रुपियाँ खर्च गरेर नजिकै रहेको इलाका प्रहरी कार्यालय स्युनामा कार्यरत प्रहरीसँग भागेपछि अभिभावकले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

मलेसियामा रहेका लल्तेले शान्तिका नाममा विभिन्न समयमा आइएमइमार्फत ७ लाख रुपियाँ पठाएको अभिभावकले बताएका छन् ।

नेपालगन्ज घर भएका प्रहरी जवान सहिष मनियारले शान्ति तिरुवालाई भगाएर स्थानीय जिते बजारमा हिँड्दै गरेको अवस्थामा शान्ति तिरुवाका ससुरा कलौरा तिरुवाले थाहा पाएपछि पक्राउ गरी प्रहरीलाई बुझाएको तर उनीसँग रकम नभेटिएको बताइएको छ ।

आफूलाई विदेशबाट पतिले केही रकम घर खर्चका लागि पठाएको भए पनि ७ लाख रुपियाँ भने नपठाएको शान्तिले बताएकी छन् । अहिले मनियारलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी विभागीय कारबाहीका लागि प्रक्रियाअघि बढेको इलाका प्रहरी कार्यालय स्युनाका निमित्त कार्यालय प्रमुख तथा असई कुलबहादुर खड्काले जानकारी दिएका छन् । शान्ति तिरुवालाई भने मनियारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय