ललितपुर बक्सिङको नेतृत्वमा राम अवाले

boxing ma ram awale copyललितपुर । ललितपुर जिल्ला खेलकुद विकास समितिको रोहवरमा ललितपुर जिल्ला बक्सिङ संघको दोस्रो साधारणसभाले पूर्वखेलाडी राम अवालेको अध्यक्षमा ८ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा आठाँै सागका स्वर्णधारी प्रकाश थापामगर रहेका छन् ।

त्यसैगरी सचिवमा राजन प्रजापति, कोषाध्यक्ष रत्न अवाले रहेका छन् । सदस्यहरूमा रमेश चन्द्र ऐर, आठौँ सागका स्वर्ण विजेता रामचन्द्र थापामगर, पुष्पा योञ्जन बस्तेत र श्याम अवाले रहेका छन् । समितिको शनिबार नै बसेको बैठकले सदस्य श्याम अवालेलाई प्रवक्ताको पनि जिम्मेवारी तोकेको छ ।

त्यस्तै महेश सिंहलाई द्वितीय उपाध्यक्षमा मनोनित गरेको छ भने महेश रिजाललाई सदस्यमा मनोनित गरेको छ । लतितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेराकाजी महर्जनको प्रमुख आतिथ्यमा उद्घाटन भएको सधारणसभाको अध्यक्षता निर्वतमान अध्यक्ष गोबिन्द डंगोलले गरेका थिए ।

सधारणसभामा नेपाल बक्सिङ संघका महासचिव दीपक गुरुङ, संघका पूर्वअध्यक्ष रबिराज थापाको उपस्थिति रहेको थियो । ललितपुर जिल्ला खेलकुद समितिका कार्यलय प्रमुख सुजन खतिवडाको संयोजकत्वमा गठित ४ सदस्य निर्वाचन कमिटीले वरिष्ठ गुरुत्रय सुरेश सिंह आले, मथुरादश नेवा, मञ्जुजंग थापा रहेका थिए । (सौस)

प्रतिक्रिया