कविता :चन्द्रसुवाको गीत

mc sumit copy

– एम. सि. सुमित
हिजो, माटो खाएर फर्किएनन्
आज, माटो पाएर फर्किएनन्
तिनै नफर्किनेको नाउमा
यो हो गीत, चन्द्रसुवाको
ममताभन्दा महान
हुँदैन अर्को माटो !

‘यता हामी ठगिएर खाने
उता तिमी बेचिएर खाने
फाटेको छैन मायालु
हिङ बाँधेको टालो
नाक काटेर छाक टार्ने
लसुनको भाउमा बलि बन्दै
अब कति लाहुर जाने ?’
अधुरो छ अझै,
चन्द्रसुवाको गीत ।

घिनघिन मादल घन्काउँदै
रेलिमाईका सबै कलिलो छाल
लाहोर होस् कि क्वेटा
मलाया होस् कि हङकङ
वा वकिङ्घम प्यालेसअगाडि
जता परेट खेले पनि
ऊ…उता सुमेरुतिरै समात्न हिँडेपछि
यता कैले निको हुन्थ्यो र
चन्द्रसुवाको गीतको घाउ ।

चुइँचुइँ जुत्ता बजाउँदै
झमझम स्टकोट हल्लाउँदै
सोरठी नै गाए पनि
मारुनी नै नाचे पनि
किन मेटिन्थ्यो र
बम र बारुदको धुँवाभित्र
आमा हाँसेको आँगनको तिर्सना
बर्माको घाम र फक्ल्यान्डको आँधी
कार्गिलको जाडो र कोसोभोको झरी
खै कहाँ पो छुटेन
रुँदै हिँडेको सम्झना ।

देउरालीको नागीमा
लाउन बाँकी पृत थियो
हिउखोलाको घागीमा
गाँउन बाँकी गीत थियो
र बाँकी थियो सीमानापारी छुटेको
नालापानीको तिर्खा
त्यही तिर्खामा उब्जेको
फिरिंगीसित नझुक्ने
एक झुल्को अतीत थियो ।

पहाड जतिकै पुरानो
यो भूमिको अकबरी रङ
तक्माले खुर्कीखुर्की झा¥यो
र उगालेर पतुरै पा¥यो
खोजेनौ !
कल्ले हल्लायो यसरी डगडग
तिम्रो विरासतको जग,
बरु खोजिरहेछौ
यता आफनै देशभित्र
आपैmँ हराएर इख मारेर
लन्डनको गल्लीमा स्खलित हुँदै
देश हुनुको हक ।

संसारमै लडी नहार्ने
ओ खुकुरीको धार !
अर्काको लागि लडेर
आपूmले चाहिँ जित्यौ कि हा¥यौ !
न चन्द्रसुवा,
मेरो आँसुमा हेर त
तिम्रो नोस्टाल्जिक अनुहार !!

 

 

 

प्रतिक्रिया