भारतले थाल्यो रेल नेटवर्कको काम

काठमाडौं, १४ फागुन । नेपालमाथि राजनीतिक प्रभाव बढाउँदै लगेको भारतले उत्तर प्रदेशको बरौनीदेखि काठमाडौंसम्म रेल लाइन नेटवर्कको सर्वे तयारी थालेको छ । भारतका रेलमन्त्री सुरेश प्रभुले रेल बजेटमा बरौनी–काठमाडौं रेल नेटवर्क सर्वे गर्न बजेट छुट्याएरै योजना अघि सारेका छन् ।

आफ्नो दोस्रो रेल बजेटमा मन्त्री प्रभुले काठमाडौंसम्म नेटवर्क पु¥याउने योजना प्रस्तुत गरेका हुन् । केन्द्र सरकारले बरौनीदेखि काठमाडौंसम्म रेल नेटवर्क जोड्ने योजनालाई अनुमति दिइसकेको इकोनिमक टाइम्सले उल्लेख गरेको छ ।

चीनले तिब्बतसम्म आइसकेको रेलमार्ग काठमाडौं ल्याउन तयारी भइरहेका बेला दक्षिणी छिमेकी काठमाडौंसम्म रेल नेटवर्क ल्याउन अघिसरेको हो । २०७१ चैतमा तत्कालीन राष्ट्रपति रामवरण यादबको चीन भ्रमणको बेला तिब्बतमा आइसकेको रेल काठमाडौंसम्म जोड्ने तयारी थालिएको हो । चीनले दक्षिण ’सिल्करोड आर्थिक क्षेत्रसम्बन्धी योजनामा तिब्बत रेलमार्ग नेपाल हुँदै भारतसम्म विस्तार गर्ने लक्ष्य राखेको छ ।

भारतले सर्वे गर्ने तयारी गरेको बरौनी–काठमाडौं रेल्व नेटवर्ककको दूरी ३६० किलोमिटर हुनेछ । सर्वेका लागि ५४ लाख भारतीय रुपैयाँ विनियोजन गरिएको छ । भारतसँग नेपालको सबैभन्दा बढी व्यापार घाटा रहँदै आएको छ । भारतीय रेल्वे सोझै काठमाडौंसँग जोडिए त्यसले नेपालको भारतमाथिको आर्थिक निर्भर्ता अझ बढाउने देखिन्छ ।

प्रतिक्रिया